कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सिरिया द्वन्द्व : इजरायलद्वारा ८०० को उद्धार

एजेन्सी

जेरुसेलम — इजरायलले सिरियाको द्वन्द्वग्रस्त दक्षिणी क्षेत्रमा फसेका सिरियाली हवाइट हेल्मेट्सका सयौं स्वयंसेवकको उद्धार गरेको छ । बेलायती समाचार संस्था गार्जियनका अनुसार ह्वाइट हेल्मेट्सका ४ सय २२ तथा उनीहरूका पारिवारिक सदस्यसहित ८ सय जनाको आइतबार उद्धार गरिएको हो ।

सिरिया द्वन्द्व : इजरायलद्वारा ८०० को उद्धार

इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले अमेरिका, बेलायत र युरोपेली राष्ट्रहरूको आग्रहमा उनीहरूको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएकालाई इजरायल नियन्त्रणको गोलन हाइट्सबाट जोर्डन पुर्‍याइएको छ । आईडीएफले भनेको छ, ‘सिरियाली गैरसैनिक संगठन र उनीहरूको परिवारका सदस्यलाई सफलतापूर्वक उद्धार गरी मानवीय कार्य गरिएको छ ।’ आईडीएफले उनीहरूको जीवनमाथि नै खतरा उत्पन्न भएपछि आफूहरूले उद्धार गरेको दाबी गरेको छ ।

इजरायलका अनुसार ह्वाइट हेल्मेट्सका सदस्यहरू सिरियाली सेनाले गरेको भीषण हवाई आक्रमणपछि गोलन हाइट्सको सीमाक्षेत्र नजिकैको स्थानमा फसेका थिए । ह्वाइट हेल्मेट्सले आफूहरू सिरियाली द्वन्द्वग्रस्त क्षेत्रमा आपत्मा परेका मानिसहरूलाई बचाउन सहयोग गर्ने स्वयंसेवी समूह बताउने गर्छन् । हवाइट हेल्मेटले भने आफूहरू कुनै पनि समूह वा देशप्रति बफादार भएको खण्डन गर्छन् । तर सिरियाली राष्ट्रपति बसर अल असद तथा रुसले हवाई हेल्मेट्सले विद्रोही तथा जिहादी अतिवादीलाई सहयोग गर्ने गरेको बताउने गर्छन् । रुस विद्रोहविरुद्धको युद्धमा सिरियाली सेनाको मुख्य सहयोगी हो ।

प्रकाशित : श्रावण ७, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?