१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाकिस्तानमा आज आम निर्वाचन

राेयटर्स

लाहोर — पाकिस्तानमा बुधबार आम निर्वाचनको मतदान सुरु भएको छ । यो पटकको निर्वाचनमा पूर्व क्रिकेटर इमरान खान र हाल कैदी जीवन बिताइरहेका पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टीबीच तिव्र प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ ।

पाकिस्तानमा आज आम निर्वाचन

हाल सत्ता सञ्चालनमा नै रहेका दलका नेता सरिफ भ्रष्टाचारको आरोपमा जेल चलान भएपछि त्यहाँको सेनाले पनि खानको पार्टीलाई समर्थन दिएको बताइएको छ । पाकिस्तानमा सेनाको सरकार नरहेको एक दशक पुगे पनि यो पटकको निर्वाचनमा सेनाको हस्तक्षेप रहने अनुमान गरिएको छ ।


केही समय यताको मत सवेक्षणमा पूर्व क्रिकेटर खान केही अगाडि देखिएपनि निर्वाचनको नतिजा भने सबैभन्दा धेरै जनसंख्या भएको पंजाब राज्यले तय गर्ने छ । उक्त स्थानको मत सर्वेक्षणमा भने अहिले पनि सरिफ नै अगाडि देखिएका छन् ।


त्यसैले पनि अन्तिम नतिजा नआउनजेल पाकिस्तानमा नयाँ सरकार कुन पार्टीको भन्छ भनेर यकिन गर्न मुस्किल छ । मतदान पाकिस्तानी समय अनुसार बेलुका ६ बजेसम्म चल्ने छ ।


निर्वाचनलाई मध्यनजर गर्दै पाकिस्तानभर नै सुरक्षाव्यवस्था मजबुत बनाइएको दाबी गृह तथा रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

प्रकाशित : श्रावण ९, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?