पूर्व क्रिकेटरबाट सफल राजनीतिज्ञको रुपमा उदाउँदै इमरान खान

एजेन्सी

काठमाडौँ — पाकिस्तानी पूर्व क्रिकेटर इमरान खान भन्ने वित्तिकै क्रिकेटप्रेमीले सम्झने मिति हो- सन् १९९२ । सम्झनुको कारण हो- विश्वकप क्रिकेटमा पाकिस्तानी टिमले पहिलोपटक क्रिकेटको उपाधि उचाल्नु । टिमको कप्तानी उनै इमरान खानले सम्हालेका थिए ।

जो अहिले पकिस्तानमा हिजो बुधबार भएको संसदीय निर्वाचनको प्रारम्भिक नतिजामा सुरुआती अग्रता लिइरहेका छन् । क्रिकेटमा उपाधि दिलाएसँगै क्रिकेटबाट संन्यास लिएर राजनीतिमा होमिएका खान अहिलेकै अग्रताका आधारमा हेर्ने हो भने पाकिस्तानको आगामी प्रधानमन्त्रीको पद सम्हाल्ने संघारमा छन् ।

Yamaha

करिव २ दशकसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार खेल प्रदर्शन गरेका इमरान खानले सन् १९९२ मा विश्वकप क्रिकेटको उपाधि जिताएसँगै काँधका चोटका करण अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिन बाध्य भए । र, राजनीतिको बाटो रोजे ।

२१ वर्षअघिसम्म सफल क्रिकेटरको छवी बनाएको इमरान अहिले नेताको रुपमा चर्चित छ । विश्वको नजरमा उनी पूर्व क्रिकेटरभन्दा पनि एउटा सफल राजनीतिज्ञको रुपमा उदाउँदै छन् ।

सन् १९९६ मा उनले पहिलोपटक पाकिस्तान तहरिक-ए-इन्साफ (पीटिआई)को गठन गरे । ४३ वर्षको उमेरमा राजनीतिमा होमिएको इमरानले राजनीतिको सुरुआती करिअरमा जनताको मन जित्न सकेनन् । न त उनलाई पाकिस्तानी मिडियाले नै साथ दिए । उनको पार्टीले सन् २००२ मा भएको निर्वाचनमा २७२ सिट मध्ये एक सिट मात्रै जित्न सफल भयो । उनको पार्टीबाट उनी नै संसदमा एक्लो सांसद भए । त्यतिबेला इमरानको पार्टीले केवल ०.८ प्रतिशत भोट पायो ।

मियांवली निर्वाचन क्षेत्रको एनए-७१ बाट उनले चुनाव जितेका थिए ।

इमरान खानले सन् १९९९ मा जनरल परवेज मुसर्रफको सैन्य कूको समर्थन गरे । तर २००२ को आम निर्वाचन मुसर्रफलाई 'अमेरिकी राष्ट्रपतिको जुत्ता चाट्ने' भनेर अभिव्यक्ति दिएपछि इमरान चर्चामा रहे । राष्ट्रपति विरुद्ध नै कडा अभिव्यक्ति दिएपछि उनी आफ्नै घरमा नजरबन्दमा परे ।

३ नोभेम्बर २००७ मा राष्ट्रपति मुसर्रफले पाकिस्तानमा संकटकाल घोषणा गरे । सरकारको लयो कदमको पनि इमरानले विरोध गरे । इमरानले त मुसर्रफलाई मृत्युदण्ड नै दिनुपर्ने बताए । यस्तो अभिव्यक्ति दिएपछी इमरानलाई 'देशद्रोही' को संज्ञा दिइयो । उनलाई घरमै नजरबन्द गरियो । तर उनी त्यहाँबाट भागे ।

सन् २००८ मा त उनको पार्टीलाई पाकिस्तानी जनताले बेवास्ता गर्दै एक सिट पनि जिताएनन् ।

सन् २०१३ को निर्वाचनको लागि इमरानले जनसम्पर्क क्याम्पेयन चलाए । उनले लाहोरमा हजारौं समर्थकबीच सम्बोधन गरे । उनले तत्कालीन सरकारको भ्रष्टाचारको मुद्दा उचाले र अफगानिस्तान पाकिस्तान सीमामा अमेरिकी ड्रोन हमलाको विरोध गरे ।

इमरान आफ्नो राजनीतिमा स्वच्छ सरकार, भ्रष्टाचार विरोधी कानून, स्वतन्त्र न्यायपालिका, चुस्त सुरक्षा व्यवस्था र आतंकवाद विरोधी पाकिस्तान लगायतका एजेन्डाहरुबारे निरन्तर आवाज बुलन्द गर्दै गए । जुन कुरालाई पकिस्तानी जनताले २०१८ को निर्वाचनमा विश्वास गरे र उनको पार्टीलाई मतदान गरे । उनले २७२ सिट मध्ये ११९ सिटमा अग्रता लिइरहेका छन् । बहुमतको लागि १३७ सिट आवश्यक पर्छ ।

Esewa Pasal

प्रकाशित : श्रावण १०, २०७५ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्रधान न्यायाधीशका लागि सिफारिस जोशीको संसदीय सुनुवाई, फेरि शुक्रबार बैठक डाकियो

कान्तिपुर संवाददाता

काठमाडौँ — संसदीय सुनुवाई समितिले प्रधान न्यायाधीशका लागि सिफारिस दीपकराज जोशीका बारेमा शुक्रबार फेरि बैठक डाकेको छ । थप छलफल गर्नुपर्ने, कतिपय विषयवस्तु स्पष्ट हुनुपर्ने भएकाले उनले दिएको जवाफका आधारमा निष्कर्षमा पुग्न कठिन हुने निर्णयका साथ शुक्रबारका लागि बैठक डाकिएको हो ।

‘थप समय चाहिएकाले भोलिका लागि समय चाहिएको हो’ सांसद योगेश भट्टराईले कान्तिपुरसित भने । बिहीबारको संसदीय सुनुवाईमा सांसदहरुले सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्न आदेश भएको, एनसेल कर प्रकरणमा राजस्व नोक्सानी हुनेगरी अन्तरिम आदेश आएको, अदालतमा विचौलियाको बिगबिगी बढेको भन्दै सांसदहरुले प्रश्न उठाएका थिए ।

जवाफमा कामु प्रधानन्यायाधीश जोशीले आफू निष्पक्ष र तटस्थ न्याय सम्पादनका लागि प्रतिबद्ध रहेको भन्दै अदालतमा विचाराधिन विषयमा भने प्रतिक्रिया नदिने बताए । उनले आफ्नो प्रमाणपत्रबारे उठेको प्रश्नमा समितिको सभापतित्व गरेका लक्ष्मणलाल कर्णलाई कागजात बुझाउँदै सञ्चारमाध्यममा आएका विषयवस्तुहरु सही नभएको प्रतिक्रिया दिए ।

प्रकाशित : श्रावण १०, २०७५ १७:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT