१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

इण्डोनेसियामा ६.४ रेक्टर स्केलको भूकम्प, हालसम्म १० को मृत्यु

एपी

जाकार्ता — इन्डोनेसियामा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १३ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार कम्तीमा १ सय ६० घाइते छन् ।

इण्डोनेसियामा ६.४ रेक्टर स्केलको भूकम्प, हालसम्म १० को मृत्यु

प्रख्यात पर्यटकीय गन्तव्य लोम्बोकमा ६.४ म्याग्निच्युटको भूकम्प गएको अधिकारीहरूले बताएका छन् । बालीबाट करिब ४० किलोमिटर पूर्वमा पर्ने लोम्बोकको सामुद्रिक क्षेत्रमा पर्यटकको भीड लाग्ने गर्छ ।

भूकम्पबाट हजारौं घरहरू भत्किएका बीबीसीले जनाएको छ । भूकम्पको धक्का बालीबाट धेरै टाढाटाढासम्म अनुभव गरिएको थियो । अधिकारीहरूले भूकम्पपछि ५ दशमलव ७ भन्दा साना करिब ६० धक्का महसुस गरिएको जनाएका छन् । अमेरिकी भूगर्भ संस्थाका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट ७ किलोमिटर मुनि रहेको थियो । भूकम्पले लोम्बोकको पूर्वी भेग सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ । उक्त क्षेत्रमा ८ जनाको ज्यान गएको इन्डोनेसियाली विपद् संस्थाले जनाएको छ । मृतकहरूको संख्या बढ्न सक्ने जनाइएको छ । करिब १० सेकेन्डसम्म गएको उक्त भूकम्पको धक्का प्रान्तीय राजधानी मातारामसम्म अनुभव गरिएको थियो । भूकम्पकै कारण माउन्ट रिन्जानीको आसपास पहिरो गएको छ । स्थानीय अधिकारी नुग्रोहोका अनुसार भूकम्पको धक्का अनुभव गर्नासाथ मानिसहरू घरबाट बाहिर निस्कनुका साथै भागदौड मच्चिएको थियो । ।

प्रकाशित : श्रावण १३, २०७५ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?