सडक दुर्घटना एकै परिवारका १४ ले ज्यान गुमाए

एएफपी

हनोई — मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् । विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुला समेत रहेका प्रहरीले जानकारी दिएको छ ।

सडक दुर्घटना एकै परिवारका १४ ले ज्यान गुमाए

मध्य भियतनाको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुला सहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो । उनीहरु स्थानीय समयाअनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा छिमेकी प्रान्तमा रहेको बेहुलीको घर जाँदै थिए ।


प्रहरीले घटनाका बारेमा छानबिन सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ ।


गत वर्ष भियतनाममा सडक दुर्घटनामा परी करिब ८ हजार २०० व्यक्तिको मृत्यु भएको थियो । अघिल्लो वर्ष पनि सो सङ्ख्या ८ हजार ६ सय थियो ।

प्रकाशित : श्रावण १४, २०७५ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?