कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तरले पुन: क्षेप्यास्त्र बनाइरहेको आशंका

बीबीसी

- — अमेरिकासँगको सम्बन्धलाई सुमधुर बनाउँदै लगेको उत्तर कोरियाले भित्रभित्र भने आणविक क्षेप्यास्त्र निर्माण गरिरहेको सूचना बाहिर आएको छ ।

उत्तरले पुन: क्षेप्यास्त्र बनाइरहेको आशंका
गत जुन महिनामा मात्रै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरका नेता किम जोङ उनबीच सिंगापुरमा भएको भेटवार्तामा उत्तरले आफ्नो सम्पूर्ण प्रकार आणविक तथा क्षेप्यास्त्र निर्माण कार्यक्रमलाई स्थगित गर्ने सहमति गरेको थियो ।

अमेरिकाको 'स्पाई स्याटेलाइल'ले खिचेका तस्बिरको आधारमा उत्तरले यसअघि पनि क्षेप्यास्त्र बनाउन प्रयोग गरेको स्थानमा पुन: सोही प्रकृतिका गतिविधिहरु देखिएको उच्च अमेरिकी अधिकारीले वासिङ्टन पोष्टलाई बताएको छ ।

रोयटर्सले पनि एक अधिकारीलाई उदृत गर्दै क्षेप्यास्त्र बनाउने काम कति अगाडि बढेको छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

प्रकाशित : श्रावण १५, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?