१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुई कोरियाबीच सैनिक वार्ता 

कान्तिपुर संवाददाता

सोल — प्योङयाङले क्षेप्यास्त्र निर्माणलाई निरन्तरता दिइरहेको समाचार सार्वजनिक भइरहेका बेला उत्तर र दक्षिण कोरियाली सैनिक नेतृत्वबीच मंगलबार वार्ता भएको छ ।

दुई कोरियाबीच सैनिक वार्ता 

वार्ता दुई कोरियाको सीमाक्षेत्रमा पर्ने पन्मुन्जोममा भएको हो ।


दक्षिण कोरियाली समाचार संस्थाका अनुसार गत जुनयता दोस्रोपटक भएको वार्तामा उत्तर कोरियाली लेफटनेन्ट जनरल अन इक सान र दक्षिण कोरियाली सेनाका मेजर जनरल किम डो ग्युन नेतृत्वका टोली सहभागी भएका थिए ।


वार्तामा संलग्न सैनिक अधिकारीका अनुसार दुई देशबीच तनाव अन्त्य गरी आपसी विश्वास कायम गर्ने सहमति भएको छ । ‘सैनिक तनाब कम गर्न र दुई कोरियाबीच विश्वासको वातावरण निर्माण गर्न एउटा व्यावहारिक उपायको खोजी गर्नेतर्फ वार्ता केन्द्रित भएको छ,’ किमले भने ।


वार्तामा पन्मुन्जोमको संयुक्त सुरक्षा क्षेत्र (जेएसए) लाई हतियारविहीन बनाउने सहमतिसमेत भएको जनाइएको छ । वार्तामा सीमावर्ती क्षेत्रमा तैनाथ सैनिक र उपकरण हटाउने विषयमा छलफल भए पनि निर्णय भए/नभएको बारे केही उल्लेख गरिएको छैन ।


दक्षिण कोरियाले डीएमजेडमा करिब ६० सैनिक पोस्ट स्थापना गरेको छ । तर उत्तर कोरियाका भने १ सय ६० पोस्ट छन् ।

प्रकाशित : श्रावण १५, २०७५ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?