१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

फेसबुकले हटायो २३ शंकास्पद फेसबुक पेज

एजेन्सी

वासिङटन — आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावलाई प्रभावित गर्ने उद्देश्यले बनाइएका भन्दै फेसबुकले २३ शंकास्पद अकाउन्ट र पेज हटाएको छ । 

फेसबुकले हटायो २३ शंकास्पद फेसबुक पेज

अनुसन्धानको सुरुवाती चरणमा बन्द गरिएको र शंकास्पद पेज बनाउनुका पछाडि को छ भन्नेबारेमा थाहा भई नसकेको फेसबुकले जनाएको छ ।


सन् २०१६ को राष्ट्रपति चुनावमा रूसी हस्तक्षेपको तुलनामा यी अकाउन्टका निर्माताले आफ्नो परिचय लुकाउन थुप्रै अकाउन्ट बनाएको फेसबुकले जनाएको छ ।


फेसबुकले आफ्नो ब्लगमा फेसबुकमा १७ र इन्स्टाग्राममा ७ शंकास्पद अकाउन्ट पाइएको जनाएको छ । तीमध्ये एउटा पेजलाई २ लाख ९० हजारभन्दा बढीले फलो गरेका छन् ।


ती अकाउन्ट र इन्स्टाग्रामले करिब १ सय ५० विज्ञापन सञ्चालन गरिरहेका थिए । तिनको लागत ११ हजार डलर रहेको बताइएको छ । नक्कली अकाउन्टमा अस्टलान वारियर्स, ब्ल्याक एलिभेसन, माइन्डफुल बिइङ, रेसिस्टर्सजस्ता रहेका छन् ।


फेसबुकका अनुसार निर्माताहरुले आफ्नो परिचय लुकाउन भर्चुअल प्राइभेट नेटवक्र्स (भीपीएनएस) को सहारा लिएका थिए भने विज्ञापन चलाउन तेस्रो पार्टीको सहारा लिएका थिए ।


अनुसन्धानबाट तिनीहरु रूसी आईपी ठेगाना भएको पाइएको छैन । नक्कली अकाउन्ट बनाउनेलाई कुनै दिन पहिचान गर्न सकिने फेसबुकको भनाइ छ ।

प्रकाशित : श्रावण १६, २०७५ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?