कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जापानमा कामदार अभाव

एएफपी

टोकियो — जापान सरकारले देशमा कामदारहरूको अत्यधिक अभाव हुँदै गएको शुक्रबार घोषणा गरेको छ ।

जापानमा कामदार अभाव

सरकारले सार्वजनिक गरेको वार्षिक श्वेतपत्रमा विगत २ दशकदेखि देशमा कामदारको अभाव हुँदै गएको उल्लेख छ । श्वेतपत्रअनुसार कामदार अभावको क्रम पछिल्ला वर्षहरूमा थप बढेको उल्लेख छ ।

जापानको मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी श्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन् ।

कामदार अभावको चुनौती सामना गर्नका जापानले प्रविधिमा अझ बढी लगानी गर्न पनि श्वेतपत्रमा सुझाव दिइएको छ । ‘हामीले जनशक्ति विकास गर्न प्राविधिक क्षेत्रमा लगानी तथा चौथो औद्योगिक क्रान्तिका विषेशतालाई लागू गर्नुपर्ने अवस्था सिर्जना भएको छ’– श्वेतपत्रमा उल्लेख छ ।

पछिल्ला केही वर्षयता जापानको जनसंख्या घट्दै गएकाले पनि देशमा कामदारको अभाव भएको जनाइएको छ । सन् २०१६ मा प्रत्येक एक हजारमा वार्षिक ७ दशमलब ६ प्रतिशतका दरले जन्मदर घटेको छ । यो दर सन् १८९९ पछिकै सबैभन्दा कम भएको अधिकारीहरूले बताएका छन् ।

जापानका प्रधानमन्त्री सिन्जो अबेले जनसंंख्या न्यनूनीकरणलाई नियन्त्रण गर्न चाहेको बताउँदै त्यसका लागि विशेष योजना बनाइएको पनि जनाएका छन् । यद्यपि ती योजना के हुन् भन्नेबारे भने केही उल्लेख गरिएको छैन ।

प्रकाशित : श्रावण १९, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?