१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ड्राेन अाक्रमणबाट भेनेजुएलाका राष्ट्रपति जोगिए

बीबीसी

काराकास — भनेजुएलाका राष्ट्रपति निकोलास मादुरो हत्या प्रयासबाट जोगिएका छन् । बिस्फोटक पदार्थ रहेको दुई ड्रोनलाई राष्ट्रपति मादुरोले भाषण गरिरहेको स्थल नजिक लगेर बिस्फोट गराइएको थियो ।

ड्राेन अाक्रमणबाट भेनेजुएलाका राष्ट्रपति जोगिए

बिस्फोटबाट उनलाई कुनै चोटपटक लागेको छैन । तर, सातजना अन्य व्यक्ति तथा सुरक्षाकर्मीहरु घाइते भएको बताइएको छ ।

राष्ट्रपति मादुरो काराकासमा राष्ट्रिय सेनाको ८१ औं स्थापना दिवसको कार्यक्रममा सहभागी भएर भाषण गरिरहेको बेला आक्रमण गरिएको थियो ।




राष्ट्रपति मादुरोले आक्रमणमा कोलम्बिया र अमेरिकाको हात भएको आरोप लगाएका छन् । यद्यपि कोलम्बियाले यसको खण्डन गरिसकेको छ ।

घटनासँगै केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको छ ।

प्रकाशित : श्रावण २०, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?