२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

८० वर्ष पुरानो जहाज दुर्घटना 

एएफपी

जेनेभा — स्वीजरल्याण्डको पहाडी क्षेत्रमा आइतबार भएको जहाज दुर्घटनामा २० जनाको मृत्यु भएको छ । 

८० वर्ष पुरानो जहाज दुर्घटना 

प्रहरी प्रवक्ता अनिता सेन्टीका अनुसार जहाज दोस्रो विश्वयुद्धताका निर्माण गरिएको थियो । उनले दुर्घटनामा ११ पुरुष र ९ महिलाको ज्यान गएको जनाइन् । तीमध्ये १७ जना यात्रु र ३ चालक दलका सदस्य हुन् । उनले मृत्यु हुनेमा अष्ट्रेलियाली परिवारका ३ सदस्य रहेको बताइन् ।


प्रहरीद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मृतकहरु ४२ देखि ८४ वर्षका छन् ।


जंकर जेयू–५२ एचबी–एचओटी बिमान सन् १९३९ मा जर्मनीमा निर्माण भएको थियो । सेन्टीका अनुसार जहाज स्वीटजरल्याण्डको पूर्वी क्षेत्रमा पर्ने पिज सेग्नास क्षेत्रमा दुर्घटना भएको हो ।

एक पत्रिकाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनेको छ, ‘विमान १८० डिग्री दक्षिणतर्फ मोडिएपछि चट्टान जस्तैगरी जमिनमा खसेको थियो ।’

विमानको भग्नाबशेष हिमाली क्षेत्रको एकान्त जङ्गलमा छरिएको जनाइएको छ । प्रत्यक्षदर्शीका अनुसार विमान दुर्घटना विष्फोटका कारण भएको हुनसक्ने जनाएका छन् ।

प्रकाशित : श्रावण २०, २०७५ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?