पहिलो व्यावसायिक अन्तरिक्ष उडानको तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाको स्पेस एक्स र बोइङ स्टरलाइनरको पहिलो व्यावसायिक अन्तरिक्ष उडान अन्तिम तयारीमा पुगेको छ ।

स्पेश एक्स र स्टारलाइनरबाट अन्तरिक्षमा जाने अन्तरिक्षयात्रीहरु ।

स्पेस–एक्स र स्टारलाइनरले यो वर्ष क्याप्सुलको परीक्षण उडान तयारी गरिरहेका छन्।अगामी हिउँद वा गर्मीयाममा उक्त उडान भइसक्ने टाइम डटकमले लेखेको छ।

Yamaha

उडानका लागि नासाले ९ जना अन्तरिक्षयात्रीहरुको नाम सार्वजनिक गरेको छ।

उनीहरु क्याप्सुलको मद्दतबाट अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुग्ने नासाले जनाएको छ। गत शुक्रबार हस्टोनमा उनीहरुको नाम घोषणा गरिएको थियो।

स्पेस एक्स र स्टारलाइनरको यो परीक्षण उडान सफल भएमा अमेरिकाले आफ्ना अन्तरीक्ष यात्रीहरुलाई यी दुई कम्पनी मार्फत नै पठाउने तयारी गरेको छ।

नासाका अन्तरिक्ष यात्रीहरुलाई स्पेस स्टेशनमा छाड्नका लागि रुसको रसियन सोयेजले छाड्ने गरेको छ।

एक जना अन्तरिक्ष यात्रीलाई स्पेश स्टेशनमा छाड्नका लागि रसियन सोयेजले नासाबाट ७० मिलियन देखि ८० मिलियन डलर लिने गरेको छ।

पहिलो चरणमा ५ जना र दोस्रो चरणमा ४ जना अन्तरिक्षयात्रीहरु स्पेश स्टेशनमा जाने नासाले जनाएको छ।

बोइङको पहिलो स्टारलाइनर क्रिउमा नासाका पूर्व अन्तरिक्ष यात्री क्रिस फेरगुसन पनि छन्। फेरगुसनले नासाको सन् २०११को स्पेस सटल फ्लाइटको कमान्ड सम्हालेका थिए।

के हो स्पेस क्याप्सुल?

स्पेस क्याप्सुल अन्तरिक्षयानको अगाडिको सेक्सन हो। जसमा अन्य यानहरुमा जस्तो पखेटा हुँदैन। यसको मुख्य काम अन्तरिक्षबाट पृथ्वीमा आउनका लागि एटमोस्फेरिक री एन्ट्री हो।

अन्तरिक्षयात्रीहरु यही बस्छन्। क्याप्सुलमा दैनिक जीवनमा चाहिने हावा, पानी, खानाको बन्दोबस्त गरिएको हुन्छ।

यसले अन्तरिक्षयात्रीहरुलाई चिसो र विकरणबाट बचाउँछ। यसभित्र तौल विहीनता हुन्छ।

क्याप्सुल भएको अत्याधुनिक प्रविधिको सहायतबाट अन्तरिक्षबाट पृथ्वीसँगको सञ्चार जोडिएको हुन्छ।

एजेन्सीको सहयोगमा

प्रकाशित : श्रावण २१, २०७५ १८:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वीर अस्पतालकाे भीभीआइपी उपचार कक्ष २६ वर्षदेखि सुनसान

कान्तिपुर संवाददाता

काठमाडौँ — वीर अस्पतालको भीभीआइपी उपचार कक्ष सुन्दर र सफा छ।  ६ वटा काेठाहरुमा औषधि, भेन्टिलेटर, अक्सिजन लगायत उपचारका लागि आवश्यक सबै पूर्वाधार तयारी अवस्थामा छ ।  हरेक दिन यि कोठाहरु तयार गरिन्छन् । तर, यहाँ २६ वर्षदेखि कसैले उपचार गराएका छैनन् ।

भीभीआइपीहरुले उपचारका लागि विदेश रोजेकाले एकातिर यहाँको स्रोतसाधन त्यसै खेर गएको छ भने अर्कोतिर राज्यकोषको करोडौं रुपैयाँ विदेश पुगिरहेको छ । एक रिपाेर्ट यहाँ प्रस्तुत गरिएकाे छ ।

प्रकाशित : श्रावण २१, २०७५ १८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT