कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चीनले बनायो आवाजभन्दा ६ गुणा छिटो गतिमा उड्ने विमान

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनले आवाजभन्दा ६ गुणा बढी गति भएको आफ्नो पहिलो हाइपर सोनिक विमानको सफल परीक्षण सम्पन्न गरेको छ ।

चीनले बनायो आवाजभन्दा ६ गुणा छिटो गतिमा उड्ने विमान

सिङकङ–२ वा स्टारी स्काई–२ नाम दिइएको उक्त विमानले परमाणू अस्त्रहरु बोक्न सक्ने र विश्वमा अहिले निर्माण गरिएको कुनै पनि एन्टि मिसाइल डिफेन्स सिस्टमलाई छल्न सक्ने बताइएको छ ।

चीनको उत्तरपश्चिम क्षेत्रमा गत शुक्रबार विमानको परीक्षण उडान सम्पन्न भएको चाइना एकेडेमी अफ एरोस्पेस एरोडाइनामिक्सले जनाएको छ ।


यो विमानको रफ्तार आवाजको गतिभन्दा ६ गुणाले धेरै छ । शुक्रबारको परीक्षणमा विमानले प्रति घण्टा ७ हजार तीन सय ४४ किलोमिटरको गति तय गरेको थियो ।


यो विमानले एक सेकेण्डमा २ दशमलव शून्य ४ किलोमिटरको दूरी पार गरेको थियो । जुन आवाजको गतिभन्दा ५ दशमलव ९ गुणाले छिटो हो ।


यो विमानलाई मल्टी स्टेज रकेटको माध्यमबाट परीक्षण उडानका लागि आकाशमा छाडिएको थियो ।

यो विमानमा चीनले वेभराइडर टेक्नोलजीको प्रयोग गरेको छ । वेभराइडर भएपछि हाइपरसोनिक विमानले लिफ्टिङका लागि आफ्नै शक वेभ्सहरु प्रयोग गर्ने गर्छ ।


चाइना एकेडेमी अफ एरोस्पेस एरोडाइनामिक्सले विमानको गतिका अलवा विमानको हिट ब्यालेन्स थर्मल प्रोटेक्सन सिस्टमको समेत परीक्षण गरिएको जनाएको छ ।


अमेरिका र रसियाले पनि यस्तै अनुसन्धान गरिरहेका छन् ।


एजेन्सीको सहयोगमा

प्रकाशित : श्रावण २२, २०७५ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?