कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

क्यानाडा–साउदी विवाद: हवाई सेवा बन्द

एएफपी

रियाद — साउदी अरबको सरकारी वायुसेवाले टोरोन्टो आउजाउ गर्ने उडानहरू स्थगित गरेको जनाएको छ । वायुसेवाले आगामी सोमबारदेखि हवाई सेवा रद्द गरिएकाले त्यसपछिका टिकट बिक्री नगर्न आदेश दिएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

क्यानाडा–साउदी विवाद: हवाई सेवा बन्द

साउदी अरबले पक्राउ गरेका नागरिक अगुवा र महिला अधिकारकर्मीको क्यानाडाले रिहाइ गर्न माग गरेपछि उक्त निर्णय गरेको हो ।


साउदी अरबले आफ्नो आन्तरिक मामिलामा ‘हस्तक्षेप’ भएको भन्दै क्यानाडासँगका सबै व्यापारिक कारोबार बन्द गर्नुका साथै क्यानाडाका राजदूतलाई समेत देशनिकाला गरेको छ । साउदीले टोरन्टोस्थित आफ्ना राजदूतलाई समेत फिर्ता बोलाइसकेको छ । सन् २०१६ मा क्यानाडा र साउदी अरबबीच ३ अर्ब अमेरिकी डलरभन्दा बढीको कारोबार भएको थियो ।


साउदी अरबको पछिल्लो कदमबारे जवाफ दिँदै क्यानाडाले ‘मानव अधिकारको पक्षमा गरेको वकालत जारी राख्ने’ बताएको छ । साउदी अरबमा पक्राउ पर्नेमा चर्चित ब्लगर रइफ बादवीकी बहिनी एवं मानव अधिकारकर्मी समार बादवी पनि छिन् । रइफ हाल जेलमा रहेकी छन् ।

प्रकाशित : श्रावण २३, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?