कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्ट्रेस भयो ? ‘ब्रेक रुम’ आउनुस्

नारायण खड्का

अष्ट्रेलिया — तपाईलाई स्ट्रेस भयो वा केही कुरामा तनाव सृजना भयो ? के गर्नुहुन्छ ? चुप लागेर बस्नुहुन्छ, संगीत वा एकान्तको सहारा लिनुहुन्छ अथवा मेडिटेसन गर्नुहुन्छ ?

स्ट्रेस भयो ? ‘ब्रेक रुम’ आउनुस्

तर अष्ट्रेलियाको सिड्नी, मेलबर्न लगायतका सहरमा भने गज्जबको उपाय निकालिइएको छ । ‘ब्रेक रुम’ जानुस । जे जे सामान फुटाउन राखिएको छ । तोड्‌नुस्, फुटाउनुस् र आफुलाई हलुका बनाउनुस् ।


यो ‘ब्रेक रुम’ मा फुटाउनका लागि फर्निचर, भाँडाकुडाका साथै बोतल, पुराना टिभी, प्रिन्टर लगायतका सामानहरु राखिएको हुन्छ ।


सुरक्षित कपडा लगाएर बेस बल ब्याट लिएर उक्त कोठामा छिरेपछि तोकिएको समयभित्र ग्राहकले आफूलाई तोड्न र फुटाउन मन लागेका वस्तुहरु फुटाउन सक्छन् ।


यसले आफुमा भएको तनावलाई कम गर्न मद्दत पुग्ने दाबी गरिएको छ । यदी तनावबाट आफू पीडित नभए अरु कसैका लागि यस कामको लागि भौचर खरिद गरेर दिन सकिने प्रावधान समेत राखिएको छ ।


सिड्नी, मेलबर्न लगायतका सहरहरुमा केही समयअघि स्थापना गरिएको यो ‘ब्रेक रुम’ मा जानका लागि निश्चित रकम भने तिनुपर्ने हुन्छ ।


यसको स्थापनाकर्ताहरुले भने उक्त कोठामा जाने ग्राहकको सुरक्षाको लागि सोही अनुसारको पहिरन लगाउनुपर्ने लगायतका नियमहरु राखेका छन् ।


स्थानीय सञ्चारमाध्यमलाई एक सञ्चालकले आफूहरुसँग शिक्षक, वकिल, डाक्टर, विद्यार्थी मात्र नभएर परिवार पनि साथै आउने गरेको बताएका छन् ।


उक्त कोठामा केही व्यक्तिहरु फरक अनुभवका लागि आउने गरेका भएपनि केही ग्राहकहरु आफ्नो रिस र तनावलाई कम गर्न आउने गरेको उनले अनुभव सुनाएका छन् ।


यस किसिमको ‘ब्रेक रुम’ अहिलेसम्म पर्थ, सनसाईन कोष्टमा समेत खोलिएको छ । न्यूनतम ३५ अष्ट्रेलियन डलर (करिब ३ हजार रुपैया) खर्च लाग्ने यो कोठामा धेरै ग्राहकहरु भने महिलाहरु हुने गरेको जनाइएको छ ।

प्रकाशित : श्रावण २३, २०७५ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?