कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

इन्डोनेसिया भूकम्पमा १ लाख ५६ हजार विस्थापित

एएफपी

मताराम, इन्डोनेसिया — इन्डोनेसियाको लोम्बोकमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण १ लाख ५६ हजार व्यक्ति विस्थापित भएका छन् । भूकम्पमा बुधबारसम्म १ सय ३१ को मृत्यु भइसकेको जनाइएको छ । 

इन्डोनेसिया भूकम्पमा १ लाख ५६ हजार विस्थापित

शिविरमा राखिएका प्रभावितलाई खाद्यपदार्थ, औषधि र सफा खानेपानीलगायत कमी भएको अधिकारीहरुले जानकारी दिएका छन् ।


यस्तै, २ सय ३६ घाइते भएका छन् भने कतिपय अझै पनि बेपत्ता रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने राष्ट्रिय प्रकोप नियन्त्रण विभागले जनाएको छ । ७० हजारले आफ्नो घरबास गुमाएका छन् । सोही क्षेत्रमा गत साता आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १७ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : श्रावण २३, २०७५ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?