कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

उत्तर कोरियाद्वारा अमेरिकाको विरोध

रोयटर्स

सोल — उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरू प्योङयाङमाथिका प्रतिबन्ध कडा पार्ने तायरी गरेको आरोप लगाउँदै परमाणु नि:शस्त्रीकरण प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाद्वारा अमेरिकाको विरोध

उत्तरले नि:शस्त्रीकरणका लागि परमाणु र क्षेप्यास्त्र परीक्षणका कार्यक्रम स्थगित गर्नुका साथै परमाणु परीक्षण केन्द्र बन्द गरिसकेको जनाएको छ । तर, अमेरिकाले एकपक्षीय रूपमा पहिले नै परमाणु हतियार त्याग्नुपर्ने सर्त अगाडि सारेको भन्दै कडा आपत्ति जनाएको छ ।

‘अमेरिकाले उही पुरातन शैली अपनाएको हो भने प्रगतिको अपेक्षा नगरे हुन्छ, यो विगतमै असफल भइसकेको सिद्धान्त हो,’ उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताको भनाइ उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?