१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

फोहोर टिप्न चरा

कान्तिपुर संवाददाता

पेरिस — फ्रान्सको एक पार्कमा केही ‘बुद्धिमान’ पन्छीहरूलाई फोहोरमैला टिप्न प्रयोग गरिएको छ ।

फोहोर टिप्न चरा

फ्रान्सको पश्चिमी क्षेत्रमा रहेको थिम पार्कमा पन्छीले भुइँमा भएको फोहोर टिपेर फोहोर राख्ने टोकरीमा खसाल्छन् । काग वर्गका रूक चरालाई पहिले चुरोटको ठुटा र कागजका स–साना टुक्रा टिप्न सिकाइएको थियो ।


स्थानीय सञ्चारमाध्यमहरूले सोमबार अरू केही पन्छी थपिने जनाएका छन् । फोहोर टिप्ने चराको संख्या अब ६ पुग्दै छ ।


पन्छीको प्रयोग वातावरण सरसफाइको उद्देश्यले मात्र नगरिएको पार्क प्रमुख निकोलस डी भिलिएले बताए । उनले पार्क घुम्न आउने मानिसहरूलाई वातावरण फोहोर गर्न हुन्न भन्ने सचेतना जगाउन पनि पक्षीको प्रयोग गरिएको जनाए । भिलिएले भने, ‘प्राकृतिक रूपमा वातावरण संरक्षण कसरी गर्न सकिन्छ भन्ने पनि यसको मुख्य उद्देश्य हो । उनका अनुसार अरू पन्छीको तुलनामा ती ‘बुद्धिमान’ रहेको जनाए । अध्ययनअनुसार ती पक्षीहरूले विभिन्न खेल वा गतिविधिमार्फत मानिसको निकटमा रहन चाहने देखिएको जनाए ।


यसै वर्षको सुरुमा फ्रान्सेली वैज्ञानिकहरूले कागको समस्या समाधान गर्ने क्षमता पहिचान गर्ने एक उपकरण निर्माण गरेका थिए । त्यस्तो उपकरणले फाल्ने कागजको आकार ठम्याई पक्षीहरूले मेसिनमा राख्ने गर्थे । साथै कागजको आकार ठूलो भए पक्षीहरूले सानो बनाएर समेत मेसिनमा फाल्ने गरेका थिए ।

प्रकाशित : श्रावण २८, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?