कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अमेरिकी पादरीलाई रिहा गर्न अस्वीकार 

एएफपी

इस्ताबुल — टर्कीको एक अदालतले अमेरिकी पादरी एन्ड्रेयु ब्रन्सनलाई रिहा गर्न आग्रह गरिएको निवेदन अस्वीकार गरेको छ  ।

अमेरिकी पादरीलाई रिहा गर्न अस्वीकार 

आतंकवादको अभियोगमा टर्कीले ब्रन्सनलाई थुनामा राखेका कारण अमेरिका र टर्कीबीचको सम्बन्ध चिसिएको छ । टर्कीको पश्चिमी सहर अज्मिरमा रहेको अदालतले ब्रन्सनलाई अझै पनि घरमै नजरबन्दमा राख्ने निर्णय सुनाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।


ब्रन्सनलाई दुई वर्षदेखि कारागारमा राखिएकोमा केही सातायता आफ्नै निवासमा नजरबन्द गरिएको छ । ब्रन्सनमाथि टर्कीले सन् २०१६ को जुलाईमा भएको असफल सैन्य ‘कु’ मा अमेरिकामा निर्वासित धार्मिक गुरु फेतुल्लाह गुलेन र कुर्दिस्तान वर्कर पार्टी (पीकेके) लाई सहयोग गरेको आरोप लगाएको छ ।


अज्मिर सहरको एजेनस्थित चर्चमा कार्यरत ब्रन्सनले टर्कीको आरोपको खण्डन गरेका छन् । उनीमाथि लागेको आतंककारीको आरोप प्रमाणित भएमा उनलाई ३५ वर्षको जेल सजाय हुनेछ । अगामी अक्टोबर १२ का उनको मुद्दामाथि सुनुवाइ हुनेछ ।

टर्कीका न्याय मन्त्री र आन्तरिक मामिला मन्त्रीले पादरीको गिरफ्तारी र थुनामा राख्ने कार्यमा मुख्य भूमिका निर्वाह गरेको आरोपमा अमेरिकाले आफूहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको बताए ।

प्रकाशित : श्रावण ३०, २०७५ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?