कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

न्यूजिल्याण्डमा विदेशीले घर किन्न नपाउने

बीबीसी

न्यूजिल्याण्ड — न्यूजिल्याण्डको संसदले न्यूजिल्याण्डमा विदेशीहरुलाई घर किन्न प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ । त्यहाँको घरहरुको मूल्य आकाशिएसँगै त्यसलाई नियन्त्रण गर्न स‌ंसदले सो व्यवस्था लागु गरेको हो ।

न्यूजिल्याण्डमा विदेशीले घर किन्न नपाउने

यो प्रतिबन्ध त्यहाँ बसोबास नगर्नेहरुको हकमा मात्र लागु हुने छ । यो व्यवस्था अष्ट्रेलियन र सिगांपुरियनको हकमा भने लागु नहुने पनि बताइएको छ । न्यूजिल्याण्डले उक्त दुई देशसँग स्वतन्त्र व्यापार सम्झौता गरेकोले नयाँ व्यवस्थाबाट उनीहरुले उनमुक्ति पाएका हुन् ।


त्यहाँ घर किन्नु अत्यन्तै मंह‌गो भएपछि धेरै न्यूजिल्याण्डवासीले घर किन्नै नसक्ने भएको कारण यस्तो व्यवस्था गरिएको हो । बैंकहरुको सस्तो कर्जादर, घर निर्माणका लागि सिमित स्थान र आप्रवासीहरुको बढ्दो संख्याका कारण केही वर्ष यता त्यहाँको घरको मूल्य आकाशिएको हो ।

प्रकाशित : श्रावण ३१, २०७५ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?