राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधन 

रोयटर्स

जेनेभा — संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको शनिबार ८० वर्षको उमेरमा निधन भएको छ । उनले मानव अधिकारको क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत सन् २००१ को नोबेल शान्ति पुरस्कार जितेका थिए ।

घानाका कूटनीतिज्ञ अन्नानको उपचारका क्रममा स्वीटजरल्यान्डमा निधन भएको हो । उनी केही वर्षदेखि जेनेभामा बस्दै आएका थिए । उनका श्रीमती तथा तीन सन्तान छन् ।

Yamaha


कोफी अन्नान फाउन्डेशनले ‘केही समयदेखि बिरामी रहेका अन्नानले शनिबार शान्तिपूर्ण रुपमा देहत्याग गरेको’ जनाएको छ । फाउन्डेशनले ‘विश्व शान्तिका लागि पूर्ण प्रतिबद्ध एक राजनेता तथा अन्तर्राष्ट्रिय व्यक्तित्व गुमाएको’ उल्लेख गरेको छ ।
राष्ट्रसंघको ट्वीटर पेजमा लेखिएको छ, ‘हामीले एक महान् व्यक्ति तथा एक दूरदर्शी नेता गुमाएका छौं ।’ उनी राष्ट्रसंघको महासचिव बन्ने पहिलो अफ्रिकी नागरिक हुन् । अन्नानले सन् १९९७ देखि २००६ सम्म राष्ट्रसंघको सातौं महासचिवका रुपमा सफल कार्यकाल पूरा गरेका थिए । त्यसलगत्तै उनले सिरियाका लागि राष्ट्रसंघीय विशेष दूतका रुपमा कार्य गरेका थिए ।

अन्नान गरिबी र बालमृत्युदर कम गर्ने सहस्राब्दी विकास लक्ष्य प्राप्तिका कारण पनि परिचित छन् ।

प्रकाशित : भाद्र २, २०७५ १६:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बाढीले नगरपालिका कार्यालय जोखिममा [भिडियोसहित]

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाको कार्यालय बाढीका कारण जोखिममा परेको छ । गिँजागाड खोलाले आठबीसकोट नगरपालिकाको कार्यालय जोखिममा पारेको हो । निरन्तरको वर्षापछि आएको बाढीले कार्यालय वरपरका घरमा क्षति पुर्‍याएको छ ।

बाढी नगरपालिकाको आँगनसम्म पुगेपछि कार्यालय भित्रका सरसामान अन्यत्र सारिएको छ।
शुक्रबार रातभर पानी परेपछि शनिबार विहानैबाट गिँजागाड खोलामा बाढी आइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए। उनका अनुसार कार्यालयमा रहेको महत्वपूर्ण कागजात, इलेक्ट्रोनिक सामग्रीहरु अन्यत्रै सार्न थालिएको छ। सामग्री सार्न रेडक्रसकर्मी तथा स्थानीयको सहयोग लिइएको छ।
बाढीले सभा कक्ष, कार्यालय भवन, बन्दै गरेको अर्को भवन पनि बाढीको उच्च जोखिममा परेको छ। यसअघि आएको पहिरो तथा बाढीका कारण नगरपालिका–११, का १६ घर परिवार घरबारविहिन भएका छन्। गोइरी, मंगरा र धुर्सेनीका घरबारविहीन १६ घरपरिवारलाई नगरपालिकाले ५ हजारका दरले राहतसमेत वितरण गरेको थियो। सोही वडाका अन्य ३० घर पनि पहिरोको जोखिममा रहेका छन्। यसको साथै नगरपालिकाका अन्य ठाउँमा पनि पहिरो र बाढीका कारण सर्वसाधारण विस्थापित भएका छन् भने बस्तीहरु जोखिममा परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताए।
उनका अनुसार वडा नम्वर ६, ७, ८, ९, १०, ११ र १२ वडाका मुख्य बस्तीहरु उच्च जोखिममा परेका छन्। गिँजागाड खोला, खारखारा ठूली भेरी नदी आसपासमा अझै खतरा रहेकाले ढुक्कसँग बस्ने अवस्था नभएको स्थानीयले गुनासो गरेका छन्।
भिडियो

प्रकाशित : भाद्र २, २०७५ १६:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT