केरला बाढीमा मृतकको संख्या ३५७ पुग्यो

रोयटर्स

कोची — भारतको दक्षिणी प्रान्त केरलामा केही दिनयताको भारी वर्षासँगैको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ । बाढीका कारण करिब ३ अर्ब डलर बराबरका संरचनामा क्षति भएको जनाइएको छ ।

अधिकारीहरूले पछिल्लो २४ घण्टामा ३३ जनाको शव भेटिएको बताएका छन् । बाढीका कारण हजारौं नागरिक विस्थापित बनेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । भारतीय मौसम पूर्वानुमान संस्थाले आगामी केही दिन वर्षा हुने भएकाले डुबानको समस्या थप विकराल बन्न सक्ने चेतावनी दिएका छन् ।

बाढीका कारण करिब ८ लाख मानिसहरू विस्थापित भएका छन् । केरलाका मुख्यमन्त्री पिनरायी भिजयानले भने, ‘७ लाख २४ हजार ६ सय ४९ विस्थापितहरू ५ हजार ६ सय ४५ अस्थायी शिविरमा छन् ।’ उनले २२ हजार ३४ को उद्धार गरिएको जनाए ।

Yamaha

भिजयानले पानीको बहाव नघटेकाले केही सयम संकट कायमै रहने जनाए । उनले उद्धारका लागि सुरक्षाकर्मी खटिरहेको जनाउँदै विस्थापितलाई पानी तथा खानेकुरा आपूर्तिमा समस्या भएको जनाए । भारतीय सञ्चारमाध्यमका अनुसार बाढी प्रभावितको उद्धारका लागि सुरक्षाकर्मीहरू हेलिकप्टर तथा डुंगासहित खटाइएको जनाएका छन् । भारतको केरलाबाट बग्ने ३ दर्जनभन्दा बढी नदी अरबी समुद्र पुग्छन् ।

बाढीका कारण इडुक्की, मालापुराम, कोझीकोडे वायानाडा र इर्नाकुलामलगायतका जिल्ला बढी प्रभावित भएका छन् । शनिबार बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवार तथा घाइतेलाई राहतको घोषणा गरेका थिए ।

Esewa Pasal

प्रकाशित : भाद्र ४, २०७५ ०९:१३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दाङमा ६० किलो चरेससहित पाँच जना पक्राउ

दुर्गालाल केसी

दाङ — प्रहरीले दाङमा दुई दिनको अवधिमा ६० किलो चरेससहित पाँच जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका–९, अमिलियामा लागुऔषधको कारोबार भैरहेको सूचनाका आधारमा छापा मार्दा ६० किलो चरेससहित तीन पुरुष र दुई महिला पक्राउ परेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा मुसीकोट नगरपालिका–११ रुकुुम पश्चिमका ४५ वर्षीय प्रेमबहादुर घर्ती, दार्माकोट गाउँपालिका–५ सल्यानका ३५ वर्षीय डिल्लीराज चन्द, पुथाउत्तरगंगा गाउँपालिका–१ काल्दुङ रुकुम पूर्व घर भई हाल घोराही उपमहानगरपालिका १५ बस्दै आएकी ३० वर्षीया रुपा घर्ती पुन, भूमे गाउँपालिका–२ रुकुम पूर्वकी २७ वर्षीया सपना पुन मगर र धु्रबजंग बुढा छन् ।

उनीहरुले रुकुमबाट चरेस ल्याएको बताएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले जानकारी दिए । लागुऔषध कारोबार बारे थप अनुसन्धान भैरहेको उनले बताए ।

प्रकाशित : भाद्र ४, २०७५ ०९:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT