२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

साइकल चलाएरै गर्भवती मन्त्री अस्पताल भर्ना

एजेन्सी

वेलिङ्टन — न्यूजिल्यान्डकी गर्भवती महिला मन्त्री जुली आन गेन्टर बच्चा जन्माउन आफैं साइकल चलाएर अस्पताल पुगेकी छन् ।

साइकल चलाएरै गर्भवती मन्त्री अस्पताल भर्ना

साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना भएकी हुन् । पहिलो प्रसुतीको लागि उनी साइकलमै अस्पताल पुगेकी थिइन् ।


'मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,' साइकलको तस्वीर सहित सामाजिक सञ्जालमा उनले लेखेकी छन् ।


गेन्टर अहिले ४२ हप्ताकी गर्भवती छन् । उनले महिला मन्त्रीको कार्यभार मात्र नभई यातायात मन्त्रालयको समेत कार्यभार सम्हाली रहेकी छन् । उनी दिगो यात्राका अभियन्ता पनि हुन् ।


उनको ग्रीन पार्टीकी एकजना प्रवक्ताले सोमबार साँझसम्म पनि बच्चा नजन्मिएको र उनी बच्चाको प्रतिक्षामा रहेको बताएका छन् ।


यो घटना गत जुनमा मात्र न्यूजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेन प्रसूति बिदापछि नियमित काममा फर्केको केही हप्तापछि नै भएको छ ।


गत वर्ष निर्वाचित आर्डेन पदमै रहँदा बच्चा जन्माउने विश्वमै दोस्रो वरिष्ठ कार्यकारी भएको थियो । विगतमा सन् १९९० मा पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोले पदमै रहँदा बच्चा जन्माएकी थिइन् ।

प्रकाशित : भाद्र ४, २०७५ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?