३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

भेनेजुएलामा शक्तिशाली भूकम्प

७.३ म्याग्निच्युडको भूकम्प
एजेन्सी

काठमाडौँ — भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मंगलबार अपराह्नमा ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन । भेनेजुएलामा अहिलेसम्म गएको भूकम्पमध्ये मंगलबारको भूकम्पको झट्का २० औं र २१ औं शताब्दीकै सबैभन्दा शक्तिशाली भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

भेनेजुएलामा शक्तिशाली भूकम्प

त्यसैगरी भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन । भेनेजुएलाको भू–गर्भ विभागका अनुसार स्थानीय समायानुसार मंगलबार अपराह्न ५ बजेर ३१ मा गएको यस भूकम्पको केन्द्रविन्दु यागरापारो शहरबाट १९ किलोमिटर दक्षिणपूर्वमा भएको जनाइएको छ ।


भूकम्पको कम्पन नुएभा, इस्पार्टा, मोनागास, बोलिभार, डेल्टा आमाक्यरो आरागुआ र काराबोबोलगायत क्षेत्र वरपर महसूस गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।


शक्तिशालीको यस कम्पनपछि सडक र पर्खालहरुमा चिराहरु देखा परेका बताइएको छ । यस भूकम्पको कम्पन कोलम्बियाको राजधानी बोगोटासम्म महसुश गरिएको थियो ।


सो भूकम्पपछि त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलसमेत केही समयको लागि बन्द गरिएको बताइएको छ ।


युएस प्यासिफिक सुनामी वार्निङ सेन्टरले सो भूकम्पपछि भीषण सुनामीको छाल उठ्ने सम्भावना रहेको चेतावती दिएको थियो तर पछि भने सुनामीको जोखिम घटेको भन्दै उक्त चेतावनीयुक्त सूचना फिर्ता लिएको थियो ।


भूकम्पको विषयमा विश्वभरी नै निगरानी राख्ने अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले भेनेजुएलामा हिजो आएको भूकम्प १९९० यताको नै सबैभन्दा शक्तिशाली भएको जानकारी दिएको छ ।

प्रकाशित : भाद्र ६, २०७५ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?