तालिवानले गर्‍यो २९ कामदार मुक्त

एपी

कान्दाहार, अफगानिस्तान — अफगानिस्तानको एक निजी कम्पनीमा कार्यरत २९ कामदारलाई यहाँको सशस्त्र लडाकु समूह तालिवानले बुधबार मुक्त गरेको छ ।

तालिवानले गर्‍यो २९ कामदार मुक्त

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक निजी कम्पनीमा कार्यरत ती कामदारलाई उनीहरूले मुस्लिम पर्व इद अल अधाको अवसर पारेर मुक्त गरिदिएका हुन् ।

कान्दाहारको एक कम्पनीमा कार्यरत उनीहरूलाई तालिवानले अपहरण गरी आफ्नो हिरासतमा राखेको बताएका थिए । गएको जुन महिनाको मध्यतिर उनीहरूलाई नियन्त्रणमा लिएर तालिवानका लडाकुले हिरासतमा राखेको थियो ।

कान्दाहार प्रान्तका प्रान्तीय गभर्नरका प्रवक्ता अजिज अहमदका अनुसार मुक्त २९ अफगान नागरिकलाई सरकारको जिम्मा लगाएको छ ।

प्रकाशित : भाद्र ७, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?