कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

वरिष्ठ भारतीय पत्रकार नायरको निधन

एजेन्सी

दिल्ली — भारतका प्रख्यात पत्रकार तथा मनाव अधिकारवादी कुलदीप नायरको ९५ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । उनी भारतमा सन् १९७५ मा लगाइएको संकटकालको घोर विरोधीका रुपमा परिचति थिए ।

वरिष्ठ भारतीय पत्रकार नायरको निधन

उनलाई इन्दिरा गान्धीको नेतृत्वको तत्कालिन सरकारले संकटकालको विरोध गरेकै कारण जेल पनि हालेको थियो । द इण्डियन एक्सप्रेस पत्रिकाको सम्पादक रहिसकेका उनको १५ भन्दा बढी किताब प्रकाशित छन् ।


उनको इण्डिया आफ्टर नेहरु, बियोण्ड द लाइन्स र इमरजेन्सी रीटोल्ड लगायतको पुस्तकहरु प्रख्यात छन् । उनले सन् १९९० मा बेलायतका लागि भारतको महावाणिज्य दूत समेत रहेर काम गरेका थिए ।


उनको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दु:ख व्यक्त गरेका छन् । मोदीले ट्वीट गर्दै भारतको प्रजातन्त्रका लागि उनले अतुलनीय योगदान गरेको बताएका छन् ।



प्रकाशित : भाद्र ७, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?