कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पार्कको कारावास सजाय थपियो

एजेन्सी

सोल — दक्षिण कोरियाको पुनरावेदन अदालतले पूर्वराष्ट्रपति पार्क गुन हेलाई तोकिएको कारावास सजाय थप गरेको छ ।

पार्कको कारावास सजाय थपियो

विभिन्न भ्रष्टाचारका घटनामा संलग्नता पार्कको सजायमा थप एक वर्ष थपिएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

६६ वर्षीया पार्कलाई गत अप्रिल ६ मा जिल्ला अदालतले २४ वर्ष जेल सजायको फैसला गरेको थियो । उनलाई पद तथा शक्तिको दुरुपयोग गरी सार्वजनिक स्रोतको हिनामिना गरेकोमा दोषी ठहर गरिएको हो । शनिबारको फैसलामा उनलाई थप २ अर्ब वन जरिवानासमेत थप गरिएको छ ।

अभियोजनकर्ताहरूले भने उहाँलाई ३० वर्ष जेल सजाय र १ सय १८ दशमलव ५ अर्ब जरिवाना गराउनुपर्ने माग गरेको योनहाप समाचार संस्थाले जनाएको छ । अदालतले पार्ककी लामो समयदेखिकी साथी चोई सुनसिललाई पनि जरिवाना बढाएर १८ बिलियनबाट २० बिलियन पुर्‍याइएको छ ।

पार्क राष्ट्रपति हुँदा उनका मुख्य नीतिगत सल्लाहकार रहेका अहन जोङ बेओमको कारावास सजाय एक वर्षबाट बढाएर ५ वर्ष बनाइएको छ ।

प्रकाशित : भाद्र १०, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?