भारतमा ५ अधिकारवादी पक्राउको सर्वत्र विरोध

बीबीसी

दिल्ली — भारतमा पाँचजना दलित तथा मानव अधिकारवादीहरुलाई गत जेनवरी १ मा महाराष्ट्रमा भएको दलित आन्दोलन भड्काएको आरोपमा महाराष्ट्र सरकारले भारतको विभन्न स्थानबाट पक्राउ गरेको छ ।

तस्बिर स्रोत : काराभान डटकम

पक्राउ पर्नेहरुमा अधिवक्ता तथा ट्रेड युनियनकी नेता सुधा भारद्वज, नागरिक अधिकारका अगुवा तथा पत्रकार गौतम नवलखा, क्रान्तिकारी कवि भराभरा राव र अधिवक्ता तथा अधिकारवादी भेर्नन गोन्साल्भेस र अरुण फरेरिया रहेका छन्।

Yamaha

यस्तै देशभरका विभिन्न वामपन्थी वकिल तथा शिक्षकहरुको घरमा पनि सोही हिंसाको अनुशन्धानका लागि भनेर छापा मारिको छ। माओवादीसँग सम्बन्ध रहेका अन्य ५ जनालाई पनि गत जुनमा यही अनुशन्धानको क्रममा गिरफ्तार गरिएको थियो।

प्रहरीका अनुसार अधिकारवादीहरुले दलितहरुले डिसेम्बर ३१ मा आयोजना गरेको र्‍यालीमा भड्काउ पूर्ण भाषण दिएका कारण जेनवरी १ मा दंगा हुँदा १ जनाको ज्यान गएको हो। दलितहरु पुणेमा 'कोरेगाउँ युद्ध' को २०० औं वार्षगाँठका लागि जम्मा भएका थिए। त्यो युद्धमा दलितहरुले भारतमा शासन गरिरहेका तत्कालिन बेलायती फौजसँग मिलेर उपल्लो जातसँग लडेका थिए। त्यसदिनलाई उनीहरु जातीय भेदभाव विरुद्धको पहिलो लडाइँका रुपमा लिन्छन्।

उक्त र्‍यालीको भोलिपल्ट दलित र हिन्दुवादी समूहबीच झडप भएको थियो।

आलोचकहरुले भने सरकारले अहिले अधिकारवादीहरुलाई गरेको धरपकडलाई भारतीय जनता पार्टी (बीजेपी)ले आफ्नो विरोधीलाई तह लागउनका लागि गरेको दाबी गरेकाछन्। बुकर प्राइज विजेता लेखिका अरुणधती रोय भन्छिन्- 'सरकारी अधिकारीहरुले न्याय र हिन्दु अतिवाद विरुद्ध उभिएकाहरुलाई सजाय दिन खोजेका छन्। खुलेआम निर्दोषलाई कुट्दै हिँड्नेलाई समात्नुको सट्टा प्रहरीहरु वकिल र कविलाई समात्दै छन्। यसले भारत कुन दिशा तर्फ गइरहेको छ भन्ने प्रष्ट हुँन्छ।'

एम्नेष्टी इन्टरनेशनलले पनि अहिले भइरहेको धरपकड राजनीति प्रेरित रहेको आश‌ंका व्यक्त गरेको छ। यस्तै सामाजिक सञ्जाल मार्फत इतिहासकार रामचन्द्र गुहाले पनि धरपकडको विरोध गरेका छन्।

प्रहरीले भने अनुशन्धानको क्रम देशका विभिन भागमा रहेका वकिल, अधिकारवादी र शिक्षकहरुको घरमा छापामार्नु परेको बताएको छ।

Esewa Pasal

प्रकाशित : भाद्र १३, २०७५ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

म्यानमारका राष्ट्रपति मिन्ट लुम्बिनीमा

माधव ढुंगाना

लुम्बिनी — म्यानमारका राष्ट्रपति विन मिन्ट बुधबार दिउँसो बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् । उनी मायादेवीको मन्दिरमा पुजा गरेर म्यानमारको गुम्बा पुगेका छन् ।

मायादेवी मन्दिरमा पुजा पछि म्यानमारका राष्ट्रपति विन मिन्ट लगायत । तस्बिर : माधव ढुंगाना।कान्तिपुर ।

बिहान ११ बजे भैरहवासम्म जहाजमा र त्यसपछि हेलिकप्टरमा लुम्बिनी पुगेका राष्ट्रपति मिन्ट ३ बजे काठमाडौं फर्कने छन्। म्यानमार बुद्धधर्माबलम्बीहरुको बाहुल्यता भएको मुलुक हो।

उनी बिहीबारदेखि सुरु हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिन मंगलबार अपराह्न काठमाडौं आइपुगेका थिए।

म्यानमारको गुम्बा भ्रमणपछि उनले पण्डितरामा ध्यान केन्द्रमा ध्यान गर्नेछन्।


उनलाई लम्बिनीमा संस्कृति तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले स्वागत गरेका थिए। राष्ट्रपति मिन्ट लुम्बिनी आउने भएपछि भ्रमण तथा दर्शनका लाग आएकालाई परिसरबाहिर नै रोकिएको छ।
म्यानमारको राष्ट्रपति विन मिनको भ्रमणका कारण लुम्बिनी परिसरमा रोकिएका सर्वसाधारण। तस्बिर : माधव ढु‌ंगाना। कान्तिपुर।

म्यानमारका राष्ट्रपति मिन्टलाई लुम्बिनी गुरुयोजनाका बारेमा कोषका हरिध्वोज राईले जानकारी गराएका थिए भने पुरातत्वविद् सन्त बिडारी लुम्बिनीको महत्व बारे बताएका थिए।

प्रकाशित : भाद्र १३, २०७५ १२:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT