कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

भारतमा ५ अधिकारवादी पक्राउको सर्वत्र विरोध

बीबीसी

दिल्ली — भारतमा पाँचजना दलित तथा मानव अधिकारवादीहरुलाई गत जेनवरी १ मा महाराष्ट्रमा भएको दलित आन्दोलन भड्काएको आरोपमा महाराष्ट्र सरकारले भारतको विभन्न स्थानबाट पक्राउ गरेको छ ।

भारतमा ५ अधिकारवादी पक्राउको सर्वत्र विरोध

पक्राउ पर्नेहरुमा अधिवक्ता तथा ट्रेड युनियनकी नेता सुधा भारद्वज, नागरिक अधिकारका अगुवा तथा पत्रकार गौतम नवलखा, क्रान्तिकारी कवि भराभरा राव र अधिवक्ता तथा अधिकारवादी भेर्नन गोन्साल्भेस र अरुण फरेरिया रहेका छन् ।


यस्तै देशभरका विभिन्न वामपन्थी वकिल तथा शिक्षकहरुको घरमा पनि सोही हिंसाको अनुशन्धानका लागि भनेर छापा मारिको छ । माओवादीसँग सम्बन्ध रहेका अन्य ५ जनालाई पनि गत जुनमा यही अनुशन्धानको क्रममा गिरफ्तार गरिएको थियो ।


प्रहरीका अनुसार अधिकारवादीहरुले दलितहरुले डिसेम्बर ३१ मा आयोजना गरेको र्‍यालीमा भड्काउ पूर्ण भाषण दिएका कारण जेनवरी १ मा दंगा हुँदा १ जनाको ज्यान गएको हो । दलितहरु पुणेमा 'कोरेगाउँ युद्ध' को २०० औं वार्षगाँठका लागि जम्मा भएका थिए । त्यो युद्धमा दलितहरुले भारतमा शासन गरिरहेका तत्कालिन बेलायती फौजसँग मिलेर उपल्लो जातसँग लडेका थिए । त्यसदिनलाई उनीहरु जातीय भेदभाव विरुद्धको पहिलो लडाइँका रुपमा लिन्छन् ।


उक्त र्‍यालीको भोलिपल्ट दलित र हिन्दुवादी समूहबीच झडप भएको थियो ।


आलोचकहरुले भने सरकारले अहिले अधिकारवादीहरुलाई गरेको धरपकडलाई भारतीय जनता पार्टी (बीजेपी)ले आफ्नो विरोधीलाई तह लागउनका लागि गरेको दाबी गरेकाछन् । बुकर प्राइज विजेता लेखिका अरुणधती रोय भन्छिन्- 'सरकारी अधिकारीहरुले न्याय र हिन्दु अतिवाद विरुद्ध उभिएकाहरुलाई सजाय दिन खोजेका छन् । खुलेआम निर्दोषलाई कुट्दै हिँड्नेलाई समात्नुको सट्टा प्रहरीहरु वकिल र कविलाई समात्दै छन् । यसले भारत कुन दिशा तर्फ गइरहेको छ भन्ने प्रष्ट हुँन्छ ।'


एम्नेष्टी इन्टरनेशनलले पनि अहिले भइरहेको धरपकड राजनीति प्रेरित रहेको आश‌ंका व्यक्त गरेको छ । यस्तै सामाजिक सञ्जाल मार्फत इतिहासकार रामचन्द्र गुहाले पनि धरपकडको विरोध गरेका छन् ।


प्रहरीले भने अनुशन्धानको क्रम देशका विभिन भागमा रहेका वकिल, अधिकारवादी र शिक्षकहरुको घरमा छापामार्नु परेको बताएको छ ।

प्रकाशित : भाद्र १३, २०७५ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?