कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

रुसले शीत युद्धपछिकै सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

रासस/एएफपी

मस्को, रूस — रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताएका छन् ।  

रुसले शीत युद्धपछिकै सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक-२०१८ नामाकरण गरिने छ ।


सेप्टेम्बर १० देखि पाँच दिन हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबै तहका सेनाको प्रतिनिधित्व हुनेछ ।


यो अभ्यास पूर्वी यूरोपमा सन् १९८१ मा गरिएको झापड-८१ को झलक दिने खालको तर कतिपयो विषयमा अझ विशाल अभ्यास हुनेछ,सर्गेई सोइगुले भने ।


उनले भने, 'कल्पना गर्नूस्, ३६ हजार सैनिक हतियार, हतियार ट्याङ्कहरू, सैन्य गाडीहरू एकैपटक चलेको यो पक्कै अनौठो हुनेछ ।'


रुसले गत वर्ष झापड-२०१७ नामक सैन्य अभ्यास गरेको थियो जसमा १२ हजार ७ सय सेनाको प्रयोग भएको थियो

प्रकाशित : भाद्र १३, २०७५ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?