रुसले शीत युद्धपछिकै सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने
मस्को, रूस — रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताएका छन् ।
सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक-२०१८ नामाकरण गरिने छ ।
सेप्टेम्बर १० देखि पाँच दिन हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबै तहका सेनाको प्रतिनिधित्व हुनेछ ।
यो अभ्यास पूर्वी यूरोपमा सन् १९८१ मा गरिएको झापड-८१ को झलक दिने खालको तर कतिपयो विषयमा अझ विशाल अभ्यास हुनेछ,सर्गेई सोइगुले भने ।
उनले भने, 'कल्पना गर्नूस्, ३६ हजार सैनिक हतियार, हतियार ट्याङ्कहरू, सैन्य गाडीहरू एकैपटक चलेको यो पक्कै अनौठो हुनेछ ।'
रुसले गत वर्ष झापड-२०१७ नामक सैन्य अभ्यास गरेको थियो जसमा १२ हजार ७ सय सेनाको प्रयोग भएको थियो
प्रकाशित : भाद्र १३, २०७५ १५:३७