युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड यान्करले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका निर्यात हुने विदेशी कारमा गर्नलागेको करवृद्धि स्वीकार्य नहुने बताएका छन् । उनले ट्रम्पको घोषणा कार्यान्वयन गरिए युरोपेली संघ (ईयू) ले पनि करवृद्धि गर्ने शुक्रबार चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका कारण कोरियाली द्वीपमा परमाणु हतियार नि:शस्त्रीकरणमा कुनै प्रगति नभएको आरोप लगाएका छन् । साथै ट्रम्पले उत्तर कोरियालाई चिढाउने आफ्नो कुनै नीति नरहेको पनि प्रस्ट पारेका छन् ।
आफ्नै गृहमन्त्रीले नेतृत्वका लागि चुनौती दिएपछि प्रधानमन्त्री माल्कम टर्नबुलले केही दिनअघि सहजै प्रधानमन्त्री पद र पार्टीको नेतृत्व छोडिदिए । उनले केही दिनमै राजनीतिबाटै विश्राम लिने बताइसकेका छन् ।
मेक्सिकोको कानकुन सहरमा बुधबार एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ । सञ्चार माध्यमका लागि कुख्यात मानिएको मेक्सिकोमा सन् २०१८ को आठ महिनाभित्रै आठ जना पत्रकारको हत्या भएको छ ।
म्यान्मारले आफ्नो सेनाका उच्च अधिकारीले रोहिंग्या अल्पसंख्यकमाथि जातीय नरसंहार गरेको भनी संयुक्तराष्ट्र संघले सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।
भारतमा पाँचजना दलित तथा मानव अधिकारवादीहरुलाई गत जेनवरी १ मा महाराष्ट्रमा भएको दलित आन्दोलन भड्काएको आरोपमा महाराष्ट्र सरकारले भारतको विभन्न स्थानबाट पक्राउ गरेको छ ।
जापानले उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा रहेको जनाएको छ । जापानी रक्षा मन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुन सक्ने अवस्था नरहेको बताएका हुन् ।
अमेरिका र मेक्सिकोबीच महिनौं लामो छलफलपछि उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) बारे मंगलबार सहमति जुटेको छ । उक्त सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वास्तवमै राम्रो सम्झौता’ को संज्ञा दिएका छन् ।