२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कारमाथि अमेरिकी करवृद्धि अस्वीकार्य 

एएफपी

फयांकफर्ट — युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड यान्करले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका निर्यात हुने विदेशी कारमा गर्नलागेको करवृद्धि स्वीकार्य नहुने बताएका छन् । उनले ट्रम्पको घोषणा कार्यान्वयन गरिए युरोपेली संघ (ईयू) ले पनि करवृद्धि गर्ने शुक्रबार चेतावनी दिएका छन् । 

कारमाथि अमेरिकी करवृद्धि अस्वीकार्य 

यान्करले भने, ‘कारमाथि हुने नयाँ करवृद्धिबारे हामीले ट्रम्पसँग एक प्रकारको युद्धविराम गरेका थियौं ।’ जर्मनीको प्रसारण संस्था जेडडीएफसँगको अन्तर्वार्तामा यान्करले भने, ‘युद्धविरामको अर्थ नै कहिलेकाहीं त्रासको वातावरण सिर्जना हुन्छ तर त्यसलाई सम्मान गरिन्छ ।’


‘तर यदि अमेरिकी राष्ट्रपतिले सम्झौता उल्लंघन गर्दै ईयू क्षेत्रबाट आयात हुने कारमा करवृद्धि गरे हामीले पनि त्यस्तै गर्नुको विकल्प छैन,’ यान्करले भने ।


अमेरिकाल ईयू राष्ट्रबाट आयात हुने धातुयुक्त सामग्रीमा करवृद्धिको घोषणा गरेलगत्तै यान्करले ट्रम्पसँग ह्वाइटहासमा भेट गरेका थिए । भेटपछि दुवै पक्षले नयाँ करवृद्धिको घोषणा नगर्ने र अर्को व्यापार सम्झौता गर्ने सहमति गरेका थिए ।


प्रकाशित : भाद्र १५, २०७५ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?