१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण नगर्न आग्रह

एजेन्सी

इस्लामाबाद — पाकिस्तानी मानवअधिकार आयोगले इमरान खान नेतृत्वको सरकारलाई अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण नगर्न आग्रह गरेको छ ।

अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण नगर्न आग्रह

हालैका दिनमा पाकिस्तानी सञ्चारमाध्यममाथि सरकारी निकायबाट दबाब हुने गरेको बताउँदै मानवअधिकार आयोगले यस्तो आग्रह गरेको हो ।

आयोगले पाकिस्तानमा अभिव्यक्ति स्वतन्त्रताबारे गरेको अध्ययन प्रतिवेदनले अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण रहेको पाइएको समेत उल्लेख गरेको छ । मानवअधिकारवादीहरूले सञ्चारमाध्यमको वर्तमान अवस्थामाथि छलफल गर्दै अभिव्यक्ति स्वतन्त्रता खुम्चने कुनै पनि कार्य नगर्न सुझावसमेत दिएका छन् ।

पाकिस्तानी कानुनअनुसार पत्रपत्रिकाको वितरण वा कुनै समाचार च्यानललाई बन्द गर्ने व्यवस्था नगरे पनि सञ्चारमाध्यमले चुनौती सामना गरिरहेको अधिकारकर्मी आइए रेहमानले बताए ।

‘सञ्चारमाध्यमहरू उच्चस्तरबाट आउने प्रेस सल्लाहमा नियन्त्रित छन् ।’ उनले भने, ‘सबै त्रासमा छन् तर बोल्न कसैले चाहँदैन ।

आवामी नेसनल पार्टी (एएनपी) का नेता तथा मानवअधिकारकर्मी अफ्रासैयब खत्तकले सञ्चारमाध्यम विगत ४ वर्षयता ‘कु’ को अवस्थाबाट गुज्रिनुपरेको बताए ।

प्रकाशित : भाद्र १६, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?