१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ट्रम्प फेरि सञ्चारमाध्यमप्रति रुष्ट

एजेन्सी

वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सञ्चारमाध्यप्रति फेरि रुष्ट भएका छन् । उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबारे सञ्चारकर्मीको उपस्थितिमा भएका अनौपचारिक प्रतिक्रिया बाहिर ल्याएको भनी उनी रुष्ट भएका हुन् । 

ट्रम्प फेरि सञ्चारमाध्यमप्रति रुष्ट

ट्रम्पले अनौपचारिक रूपमा भएका वार्तालाप सार्वजनिक गर्नु ‘बेइमान पत्रकारिता’ भएको जनाएका छन् । शनिबार ट्वीटमार्फत ट्रम्पले भनेका छन्, ‘अहा, मैले क्यानडाबारे ब्लुमवर्गका पत्रकारसँग ‘अफ द रेकर्ड कमेन्ट’ गरेको थिए । तर पत्रकारितको सिद्धान्त प्रतिकुल त्यसलाई सार्वजनिक गरिएको छ ।’


ट्रम्पले उक्त कदम गैरजिम्मेवार पत्रकारिताको एक ज्वलन्त उदाहरण भएको बताए । उनले भने, ‘म यस्ता समाचारप्रति बानी परिसकेको छु । कम्तीमा क्यानडाले म कहा छु बुझेको छ ।’


अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजका अनुसार द टोरन्टो स्टारले अमेरिकी राष्ट्रपतिको कार्यालय ओभल अफिसमा भएको कुराकानीमा ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबारे कुनै सम्झौता नगर्ने बताएका थिए ।


तर उक्त कुरा उनले ब्लमबर्गसँगको अन्तवार्तामा भनेको जनाइएको छ । ट्रम्पले उक्ता भनाई सार्वजनिक गर्दा क्यानडाले अपमान गरेको महशुस गर्ने र सम्झौताबाट पछि हट्न सक्ने बताएका छन् ।

प्रकाशित : भाद्र १६, २०७५ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?