कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

‘अफ्रिकामा लगानीको राजनीतिक स्वार्थ छैन’

एएफपी

बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङले अफ्रिकी महादेशमा आफ्नो देशले गर्दै आएको लगानीको कुनै ‘राजनीतिक स्वार्थ नरहेको’ दाबी गरेका छन् ।

‘अफ्रिकामा लगानीको राजनीतिक स्वार्थ छैन’

‘चीनको अफ्रिकामा कुनै पनि लगानीमा राजनीतिक स्वार्थ छैन,’ अफ्रिकी नेता र व्यापारिक समुदायसँगको भेटमा सीले भने, ‘चीनले अफ्रिकाको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन र अफ्रिकालाई कुनै किसिमले प्रभावित तुल्याउने कार्य गर्दैन ।’

अफ्रिकासँगको चिनियाँ सहयोग केवल विकासका प्रमुख समस्या सुल्झाउन केन्द्रित रहेको उनको दाबी छ । सीले भने, ‘सहयोगको रकम मिथ्या परियोजनामा खर्च गर्न सकिँदैन र त्यस्तो रकमको पूर्ण हिसाबकिताब हुन्छ ।’

विभिन्न अफ्रिकी देशलाई उपलब्ध गराएको ऋणबाट निर्मित पूर्वाधारका कारण चिनियाँहरू हाबी भएको आरोप लाग्दै आउने गरेको छ । राष्ट्रपति सीले दुईदिने चीन–अफ्रिकी शिखर बैठक सुरु हुनुअघि यस्तो धारणा राखेका हुन् ।

बैठकमा चीनको महत्त्वाकांक्षी विकास कार्यक्रम ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ बारे पनि छलफल हुनेछ । बीआरआईमार्फत वैदेशिक बजार र स्रोतसाधनमा चीनको पहुँचमा सुधार ल्याउने लक्ष्य राखिएको छ । यसबाट बेइजिङको प्रभुत्व विश्वमै फैलिने जनाइएको छ ।

चीनले यसअघि नै एसिया तथा अफ्रिकी देशमा सडक, रेलमार्ग, बन्दरगाह र अन्य महत्त्वपूर्ण पूर्वाधार परियोजनामा अर्बौं डलर लगानी गरिसकेको छ । तर आलोचकले चिनियाँ परियोजनाका कारण ती मुलुकहरू ठूलो ऋणको बोझले थिचिएको दाबी गर्छन् ।

प्रकाशित : भाद्र १९, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?