कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

अमेरिकी सैनिक मारिए

रासस/एपी

काबुल — पूर्वी अफगानिस्तानमा सोमबार अमेरिकाआबद्ध नेटो संयुक्त बलका एक अमेरिकी सेनाको आन्तरिक आक्रमणमा परी मृत्यु भएको संयुक्त गठबन्धन सेनाले मङ्गलबार जानकारी दिएको छ ।

अमेरिकी सैनिक मारिए

‘अफगानिस्तान मिसन’ मा स्वयमसेवीको रुपमा कार्यरत आफ्ना सदस्यले ज्यान गुमाएको रेसोलुट सपोर्ट (आएएस) का कमाण्डर जनरल स्कट मिलरले संयुक्त गठबन्धनका तर्फबाट जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


अफगानिस्तानमा यस वर्ष हालसम्म छ जना अमेरिकी सेनाले आन्तरिक आक्रमणमा ज्यान गुमाएका छन् । विज्ञप्तिमा सोही घटनामा घाइते भएका अर्का नेटो सैनिकको अवस्था स्थिर रहेको जनाइएको छ ।


गठबन्धन सेनाविरुद्ध यस प्रकार भइरहेका आन्तरिक आक्रमणहरुको तालिबान आतङ्ककारी समूहले जिम्मेबारी लिँदै आएको छ ।


गत जुलाई ७ मा अफगानिसतानको दक्षिणी प्रान्त उरुज्गानमा भएको एक यस्तै आक्रमणमा एक अमेरिकी सैनिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका थिए ।


सन् २०१४ को डिसेम्बरको अन्त्यबाट नै अफगानिस्तानमा रहेका नेटो सेनाले प्रत्यक्ष युद्धबाट आफूहरु अलग रहने घोषणा गरेका थिए । अफगानिस्तानमा करिब १३ वर्षसम्म अमेरिकी नेतृत्वको नेटो सेनाले प्रत्यक्ष युद्ध लडेको थियो ।


यद्यपी करिब १६ हजार विदेशी सेना अझै पनि अफगानिस्तानमा तैनाथ छन् । ती सेनाले अफगान सुरक्षाकर्मीलाई तालिम, परामर्श र आतङ्ककारीसँगको युद्धमा अप्रत्यक्ष सहायता गरिरहेका छन् ।

प्रकाशित : भाद्र १९, २०७५ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?