कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जापानमा भूकम्प, आठ जनाको मृत्यु, सयौं बेपत्ता

रासस/एएफपी

टोकियो — उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६ दशमलव ६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा ८ जनाकाे मृत्यु हुनुको साथै दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ । 

जापानमा भूकम्प, आठ जनाको मृत्यु, सयौं बेपत्ता

गत साता यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो ।


यस क्षेत्रमा विद्युतसेवा उपलब्ध गराएको प्रमुख थर्मल प्लान्टमा भूकम्पबाट क्षति पुगेका कारण ३० लाख घरमा विद्युत सेवा अबरुद्ध भएको छ । यस भूकम्पको केन्द्रविन्दु क्षेत्रीय राजधानी साप्पोरोबाट ६२ किलोमिटर टाढा रहेकाले सुनामीको चेतावनी भने दिइएको छैन ।


भूकम्पपछि दर्जनौ घरहरु ध्वस्त भएका र भूकम्प प्रभावित इलाकामा रहेका आवासीय दर्जनौं व्यक्तिहरुलाई हेलिकोप्टरको सहयोगबाट उद्धार गरिएको छ ।


प्रहरी अधिकारीहरुलगायत करिब २० हजार उद्धारकर्ताहरु परिचालित भएकाे सरकारका प्रवक्ता योसिहिदे सुगाले बताए। सो उद्धारकार्यमा अरु २० हजार सैनिकले पनि परिचालन गर्ने तयारी भइरहेको छ ।


मन्त्रिपरिषद्‌को आकस्मिक बैठकपछि बोल्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले मानिसको ज्यान बचाउन हरसम्भव प्रयास गरिने बताए ।


सन् २०११ को मार्च ११ मा जापानमा आएको विनाशकारी ९ रेक्टर स्केलको भूकम्पपछिको सुनामीमा जनधनको ठूलो क्षति भएको थियो ।

प्रकाशित : भाद्र २१, २०७५ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?