आप्रवासी नियन्त्रण गर्न बेलायतको अध्यागमन नियम फेरिएको फेरियै

नवीन पोखरेल

लण्डन — बेलायत सरकारले पछिल्लो समय अध्यागमन नियममा अत्यधिक परिवर्तन गरेको छ । भिषा प्रणाली जटिल बनाउँदै उसले सन् २०१० यता ५ हजार ७ सय भन्दा बढी नियम परिवर्तन गरेको तथ्य सार्वजनिक भएको छ ।

सन् २०१० मा अध्यागमन नियम एक लाख ४५ हजार शब्द लम्बाइको रहेकामा अहिले यो संख्या झण्डै दोब्बर ३ लाख ७५ हजार शब्द बढाइएको गृह मन्त्रालय (होम अफिस) अधिकारीहरुलाई उधृत गर्दै गार्डियन अखबारले उल्लेख गरेको छ ।

Yamaha


सन् २०१० मा वर्तमान सत्तारुढ दल कन्जरभेटिभ सत्तामा आएपछि नियम अत्यधिक परिवर्तन गरिएको हो । अहिलेकी प्रधानमन्त्री टेरेजा मे गृहमन्त्री भएको बेला सन् २०१२ मा मात्र एकहजार ३ सय नियम परिवर्तन गरिएका छन् ।

सन् २०१४ को १० मार्चमा २२ वटा परिवर्तनसहित नयाँ नियम प्रकाशित भएको तीन दिनमै थप २ सय ५० परिवर्तन गरेर नयाँ संस्करण ल्याइएको थियो । टेरेजा मे प्रधानमन्त्री भएको वर्ष सन् २०१६, ३ नोभेम्बर मा ५ सय ६० वटा परिवर्तन भएका छन् । धेरै जसो परिवर्तन वर्क परमिट भिषा आवेदन, रोजगारको अवस्था र कमाइसँग सम्बन्धित छन् ।

मे गृहमन्त्री बनेका बेला बेलायत सरकारले आप्रवासी संख्या लाखौँबाट हजारौँमा झार्ने मुख्य अजेण्डासहित अन्तर्राष्ट्रिय विद्यार्थी र वर्क परमिटमाथि कडाइ गरेको थियो ।

अध्यागमन ऐन २०१४ ल्याइएसँगै पुनरावेदन (अपिल राइट्स) हटाइएको थियो । सन् २०१२ देखि २०१६ सम्म घरेलु हिंसाबाट पीडित ५ हजार ८ सय २० आप्रवासीहरुले बेलायत बस्न भिषा आवेदन दिँदा दोब्बर बढी एक हजार ३ सय २५ वटा अस्वीकृत गरिएको गार्डियनमा उल्लेख छ ।

कानुन अयोगले नियम सहजीकरण गर्न काम गरिरहेको बताइएको छ । पूर्व गृहमन्त्री एम्बर रड गृहमन्त्री छँदा गत डिसेम्बर २०१७ मा उनले आयोग समक्ष सिफारिस गरेकी थिइन् ।

होम अफिस केस वर्कर र न्याय(लयलाई सजिलो र स्पष्ट बनाउन आयोगले काम गरिरहेको छ । ‘ल कमिश्नर’ क्यूसी निकोलस पेन्स पछिल्लो वर्ष अध्यागमन नियम अझ विस्तृत र विशेष भएको बताउँछन् ।

लन्डनस्थित एभरेष्ट ल सोलिसिटर्स फर्मका प्रिन्सिपल सोलिसिटर राजु थापा बेलायत सरकारले आप्रवासी संख्या घटाउने नीति अनुरुप सबै क्षेत्रमा अध्यागमन नियम कडाइ गरेको बताउँछन् । ‘नियम कडाइले बाहिरबाट नर्स, डाक्टर आउन नसकेर यहाँ अभाव छ ।

दक्ष जनशक्ति राख्न कम्प्लायन्स धेरै थपिँदा रेष्टुरेन्ट लगायत अन्य व्यवसाय बन्द भइरहेका छन्’, सोलिसिटर थापा भन्छन्, ‘तर, अध्यागमन नियमको दुरुपयोग बढेपछि कडाइ हुनु पनि स्वभाविक हो ।

किनभने वर्क परमिट भिषाको नाममा भारी रकम लिने, नक्कली बिहे गराइदिने अनि टियर वान क्याटेगोरिजमा पनि अर्काले लगानी गरिदिएर विजनेश भिषा लिने जस्ता विकृति बढेपछि सरकार नियम कडाइ गर्न बाध्य भएको हो ।’

आप्रवासी संख्या नै कम नभएपछि ल फर्महरु पनि प्रभावित बनेका थापाले बताए । नियम यस्तै कडा रहिरहे ब्रेक्जिटपछि युरोपेली आप्रवासी समेत घटेर बेलायतको अर्थतन्त्र संकट उन्मुख हुने थापाको विश्लेषण छ ।

प्रकाशित : भाद्र २१, २०७५ १५:२२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

साफ च्याम्पियनसिपः नेपाल भुटानसँग ४-० ले विजयी

हिमेश, कञ्चन अधिकारी

ढाका — साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह 'ए' को दोस्रो खेल नेपालले भुटानलाई ४-० ले हराएकाे छ । नेपालले खेलको पहिलाे हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्दै जित हासिल गरेकाे हाे ।

सुनील बलको कर्नरमा अनन्त तामाङले २१ औं मिनेटमा गोल गरेका थिए भने ७० औं मिनेटमा सुनील बलले गोल गरेका थिए। यस्तै सब्सिच्युट खेलाडी भरत खवासले ७९ औं र निराजन खड्काले ८८ औं मिनेटमा गोल गरे। कप्तान विराज महर्जन दाेस्राे हाफमा मैदान प्रवेश गर्दै नेपालका लागि सर्वाधिक ६९ अाै‌ खेलमा सहभागिता जनाए।

नेपालले पहिलो खेल पाकिस्तानसँग २-१ ले हारेको थियो। अाजै हुने समूहकाे अर्को खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन्।

खेलअघि नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भुटान विरुद्ध नेपालको मनोबल उच्च रहेको बताएका थिए।

नेपालका लागि नियमित कप्तान विराज महर्जनको स्थानमा टिमको नेतृत्व किरण लिम्बूले गर्दैछन्। किरणले नेपालको नेतृत्व गर्न लागेको यो पहिलो खेल हो।

नेपालले लाइनअपमा केही परिवर्तन गरेको छ। विराज महर्जन, नवयुग श्रेष्ठ र भरत अवासलाई बेन्चमा राखेको छ। उनीहरुको स्थानमा विशाल राई, दिनेश राजवंशी र सुनील बलले मौका पाएका छन्।

नेपालको लाइनअप

१.अनन्त तामाङ
२.आदित्य चौधरी
३.विशाल राई
४.सुनील बल
५.बिमल घर्तीमगर
६.अन्जन विष्ट
७.सुजल श्रेष्ठ
८.किरण लिम्बू (कप्तान/गोलकिपर)
९.दिनेश राजवंशी
१०.रोहित चन्द
११.सुमन अर्याल



प्रकाशित : भाद्र २१, २०७५ १४:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT