विश्व
भाद्र २३, २०७५

सिरिया द्वन्द्व: ‘इडलिबमा आक्रमण रोकिन्न’

इरानी राष्ट्रपति हसन रौहानीले सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इडलिबमा ‘आतंककारीमाथि भइरहेको आक्रमण’ नरोकिने जनाएका छन् ।

भाद्र २२, २०७५

सुडानका १० सैनिक बलात्कारमा दोषी

दक्षिण सुडानको एक सैनिक अदालतले सन् २०१६ मा राजधानी जुबामा भएको बलात्कार र हत्यामा १० सैनिकलाई दोषी ठहर गर्दै ७ वर्षदेखि आजीवन कारावासको सजाय सुनाएको छ ।

भाद्र २१, २०७५

आप्रवासी नियन्त्रण गर्न बेलायतको अध्यागमन नियम फेरिएको फेरियै

बेलायत सरकारले पछिल्लो समय अध्यागमन नियममा अत्यधिक परिवर्तन गरेको छ । भिषा प्रणाली जटिल बनाउँदै उसले सन् २०१० यता ५ हजार ७ सय भन्दा बढी नियम परिवर्तन गरेको तथ्य सार्वजनिक भएको छ ।

जापानमा भूकम्प, आठ जनाको मृत्यु, सयौं बेपत्ता

उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६ दशमलव ६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा ८ जनाकाे मृत्यु हुनुको साथै दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ । 

इडलिबबारे छलफल गर्न इरानमा शिखर बैठक

रूसी सेनाको सहयोगमा सिरियाले विद्रोहीनियन्त्रित इडलिबमा आक्रमण गर्ने अन्तिम तयारी गरिरहेका बेला शुक्रबार इरानमा तीन मुलुकको शिखर बैठक बस्ने भएको छ ।

शंकास्पद रूसीको तस्बिर सार्वजनिक

बेलायतमा रूसी पूर्व गुप्तचर सेर्गेई स्क्रिपल र उनकी छोरी युलियाको हत्या प्रयासको घटनामा दुई रूसी नागरिकलाई शंकास्पद व्यक्तिको रूपमा सार्वजनिक गरिएको छ ।

भाद्र २०, २०७५

जापानमा आँधीबाट ९ को मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन् । 

ADVERTISEMENT
ADVERTISEMENT