२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

इजिप्टमा ७०० लाई सजाय

कायरोमा सन् २०१३ मा भएको मुस्लिम ब्रदरहुड आन्दोलनमा संलग्न ७५ लाई मृत्युदण्ड, ४७ जनालाई आजीवन कारावास
रोयटर्स

कायरो — इजिप्टमा सन् २०१३ मा भएको मुस्लिम ब्रदरहुड आन्दोलनका क्रममा भएका हिंसामा जिम्मेवार ठहर गर्दै ७ सय भन्दा बढी मानिसलाई सजाय सुनाइएको छ । सजाय सुनाइएकामध्ये कपितय प्रभावशाली मुस्लिम नेताहरू छन् ।

इजिप्टमा ७०० लाई सजाय

इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सीलाई तात्कालीन सेनाप्रमुख तथा वर्तमान राष्ट्रपति अब्देल फताह अल–सिसीले सत्ताच्यूत गरेपछि भएको आन्दोलनमा सेना तथा प्रहरीले मोर्सी समर्थित सयौं प्रदर्शनकारीलाई गोली हानी तितरबितर पारेको थियो ।

आन्दोलनका क्रममा फैलिएको हिंसामा दोषी ठहर गर्दै अदालतले ७५ जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । त्यसैगरी, ४७ जनालाई आजीवन कारावास तथा ६ सयभन्दा बढीलाई जेल सजाए सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मुस्लिम ब्रदरहुडका आध्यात्मिक नेता मोहम्द बादी तथा अन्य दर्जनौं नेतालाई आजीवान कारावासको सजाय दिइएको छ । अन्य व्यक्तिहरूलाई कम्तीमा ५ देखि १५ वर्षसम्मको जेल सजाय तोकिएको छ ।

सन् २०१३ मा इजिप्टको राजधानी कायरोस्थित रबा अल–अदाविया स्क्वायरमा भएको हिंसामा सयौं मानिसको ज्यान गएको थियो । मृतकमध्मे कतिपयलाई सुरक्षाकर्मीको गोली लागेको थियो । यसै वर्षको सुरुमा इजिप्टको संसद्ले उक्त आन्दोनका क्रममा खटिएका तथा सन् २०१३ देखि २०१६ सम्म गरेका अपराधका लागि सैनिक अधिकारीलाई माफी दिने निर्णय गरेको थियो ।

शनिबारको आम सुनुवाइका क्रममा सजाय दिइएकामाथि हत्या, हिंसा बढाउन उक्साएको तथा गैरकानुनी प्रदर्शन गरेकोमा दोषी ठहर गरिएको हो । मानवअधिकारवादी संस्थाद्वारा भत्र्सना मानव अधिकारवादी संस्थाहरूले आन्दोलनकारीमाथि गरिएको फैसलाको विरोध गरेका छन् । बीबीसीका अनुसार एम्नेस्टी इनटरनेसनलले अदालतको निर्णयको भत्र्सना गर्दै ‘निकै अन्यायपूर्ण’ सुनुवाइ भएको जनाएको छ ।

मानव अधिकार वाचले आन्दोलनका क्रममा ८ सय १७ जनाको सुरक्षाकर्मीको गोली लागि मृत्यु भएको दाबी गर्दै उक्त कदम मानवता विरोधी अपराध भएको जनाएको छ ।सरकारले भने आन्दोलनका क्रममा सयौं मानिसको ज्यान गएपछि हस्तक्षेप गर्न सेना बाध्य भएको दाबी गरेको थियो । आन्दोलनमा कैयौं हतियारधारीको संलग्नता भएको दाबी गर्दै सरकारले मुस्लिम ब्रदरहुडलाई आतंककारी संगठन घोषित गरेको थियो ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?