स्विडेन आमनिर्वाचन : सरकार गठनबारे अन्योल

स्टकहोल्म (स्विडेन) — स्विडेनमा आइतबार भएको आमनिर्वाचनमा दुई राजनीतिक समूहले करिब बराबर मत हासिल गरेका छन् । तेस्रो स्थानमा रहेको आप्रवासन विरोधी दल स्विडेन डिमोक्रयाट्सले विगतको भन्दा ५ प्रतिशत बढी मत ल्याएको छ ।

स्विडेन आमनिर्वाचन : सरकार गठनबारे अन्योल

कुनै पनि दलले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्न नसकेपछि तेस्रो भएको दक्षिणपन्थी दल हाबी हुने भएको छ । चुनावी परिणामले सरकार गठनको लागि लामो राजनीतिक रस्साकस्सी सुरु हुने संकेत गरेको बीबीसीले जनाएको छ ।

सोमबार सार्वजनिक नतिजाअनुसार सत्तारुढ मध्य–वामपन्थीले प्रतिपक्षभन्दा केही मात्र बढी मत प्राप्त गरेको छ । सत्तारूढ दलले ४० दशमलब ६ प्रतशित मत ल्याउँदा मध्य–दक्षिणपन्थी ० दशमलब ३ ले मात्र पछि परेको छ । युरोपेली संघका देशमा केही वर्षयता भएका निर्वाचनमा दक्षिणपन्थी दलहरूले पहिलेभन्दा राम्रो नतिजा ल्याएका छन् । इटाली तथा जर्मनीमा पनि दक्षिणपन्थी दलले उल्लेखनीय जनसमर्थन पाएका थिए ।

आप्रवासन विरोधी दक्षिणपन्थी स्विडन डिमोक्रयाट्स दलका नेताले आफ्नो दल राजनीतिमा निर्णायक हुने प्रतिक्रिया दिएका छन् । दलका नेता जिमी एकेसनले आफ्नो दल अन्य दलसँग मिलेर सरकार बनाउन तयार रहेको बताए ।

यद्यपि, उनले कुन दलसँग मिलेर सरकार गठन गर्ने भन्नेबारे कुनै टुंगो नलागिसकेको जनाए ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?