कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकालाई चीनको चेतावनी

रोयटर्स

बेइजिङ — चीनले अमेरिका निर्यात हुने आफ्नो देशका सामानमा वासिङ्टनले थप कर लगाए आफूले पनि जावाफी कदम चाल्ने चेतावनी दिएको छ ।

अमेरिकालाई चीनको चेतावनी

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानविरुद्ध थप कर लगाउने बताएपछि चीनले चेतावनी दिएको हो ।


चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेंग सुआङले भने, ‘अमेरिकाले एकपक्षीय रूपमा चिनियाँ सामानमा थप कर लगाउने निर्णय गरे त्यसको उस्तै जवाफ दिन अधिकार हामीसँग सुरक्षित छ ।’ यद्यपि, उनले थप विवरण भने उल्लेख गरेनन् ।


यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेपछि आलोचना चीन आक्रोशित भएको हो ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?