३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रूसको शीतयुद्धपछिकै ठूलो सैन्य अभ्यास

चीन र मंगोलिया संलग्न
बीबीसी

मस्को — रूसले शीतयुद्धपछिकै ठूलो सैन्य अभ्यास मंगलबार सुरु गरेको छ । अभ्यासमा करिब ३ लाख सुरक्षाकर्मी संलग्न रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रूसको शीतयुद्धपछिकै ठूलो सैन्य अभ्यास

‘भोस्तोक २०१८’ नाम दिइएको सैन्य अभ्यासमा चीनले ३ हजार २ सय सेना, युद्धपोत तथा बख्तरबन्द गाडी पठाएको छ । मंगोलियाले समेत केही सेना अभ्यासमा पठाए पनि संख्या यकिन गरिएको छैन ।


रूसले यसअघि यस्तै आकारको सैन्य अभ्यास सन् १९८१ मा गरेको थियो । तर मंगलबादेखि सुरु अभ्यासमा बढी सैनिकको सहभागिता रहेको छ । नेटो र रूसी सैनिकबीच तनाव जारी रहेका बेला रूसले एक साता लामो अभ्यास सुरु गरेको हो ।


सैन्य अभ्यास सुरु भएलगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनका चिनियाँ समकक्षी सी चिनफिङसँग भेटवार्ता गरेका छन् । दुई नेताबीच रूसको पूर्वी सहर भ्लादिभोस्तोकमा आयोजित एक कार्यक्रममा भेट भएको हो । भेटका क्रममा पुटिनले राष्ट्रपति सीसँग ‘हामीबीच राजनीति, सुरक्षा र प्रतिरक्षाका विषयमा भरोसापूर्ण सम्बन्ध’ रहेको बताएका छन् ।


रूस र २९ सदस्यीय नेटो सेनाबीच सन् २०१४ मा रूसले युक्रेनबाट क्रिमियालाई फिर्ता लिएपछि तनाव सुरु भएको हो । क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले सैन्य अभ्यासले ‘रूसप्रति आक्रामक र शत्रुतापूर्ण व्यवहार गर्ने’ का लागि जवाफ भएको जनाए ।


रूसी रक्षा मन्त्रालयका अनुसार सैन्य अभ्यासमा ३६ हजार टयांक, एक हजार विमान र ८० पन्डुब्बी सेप्टेम्बर १६ सम्म हुने अभ्यासमा संलग्न छन् ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?