कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बस दुर्घटनामा ५३ को मृत्यु

रोयटर्स

नयाँदिल्ली — भारतको दक्षिणी राज्य तेलंगनामा भएको बस दुर्घटनामा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला छन् ।

बस दुर्घटनामा ५३ को मृत्यु

जगतियाल जिल्लामा मंगलबार भएको दुर्घटनामा परी दर्जनौं घाइते भएका प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ ।


अधिकारीहरूले बसमा क्षमताभन्दा बढी मानिसले यात्रा गरिरहेकाले दुर्घटना भएको जनाएका छन् । राज्य सञ्चालित ६० जना क्षमताको बसमा ८६ ले यात्रा गरिरहेका थिए ।


ग्रामीण क्षेत्रको साँघुरो सडकमा चालकले नियन्त्रण गुमाएपछि बस गहिरो खोँचमा खसेको हो । बसमा कोन्डागाटु अन्जनेया स्वामी मन्दिरमा दर्शन गरेका तीर्थयात्रु फर्कंदै थिए ।


तेलंगनाको मुख्यमन्त्री के चन्द्रशेखर रावले दुर्घटनामा मृत्यु हुनेका परिवारलाई ५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।


भारतमा खराब सडक तथा मर्मत नगरिएका सवारीसाधानका कारण हुने सडक दुर्घटनामा बर्सेनि लाखौं करिब १ लाख ५० हजारले ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित : भाद्र २७, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?