१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अफगानिस्तानमा आत्मघाती आक्रमणमा ६८ मारिए 

एएफपी

जलालाबाद — अफगानिस्तानमा प्रदर्शनकारीमाथि लक्षित गरी मङ्गलबार भएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ पुगेको अफगान अधिकारीले बताएका छन् ।

अफगानिस्तानमा आत्मघाती आक्रमणमा ६८ मारिए 

संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ ।


यस वर्षको सर्वाधिक घातक मानिएको नानघहार प्रान्तको पूर्वीक्षेत्रमा भएको त्यस विस्फोटमा १ सय ६५ जना घाइते भएको प्रान्तीय सरकारको प्रवक्ता अताउल्लाह खोग्यानीले बताए । यो नरसंहारको जिम्मेवारी हालसम्म कसैले लिएको छैन, तर यो प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय छ । इस्लामिक स्टेटले हालै गरिएका सबैजसो बम हमलाको जिम्मेवारी लिइआएको छ ।


नानघहारको स्वास्थ्य सेवा विभागले मारिएका व्यक्तिको विवरण सार्वजनिक गरेको छ । उक्त घटना स्थानीयबासीले प्रहरी प्रमुखको नियुक्तिप्रति असन्तुष्टी जनाउादै जलालाबादमा सडक अबरुद्ध गरी प्रदर्शन गरेको बेला भएको थियो । हमलाकारीहरु प्रदर्शनकारीको बीचमा गएर आफौंलाई बमले उडाएका थिए । मृत्यु भएका र घाइतेलाई स्थानीयबासीले ट्रक र एम्बुलेन्समा राखेर नजिकका अस्पतालमा लगेका थिए ।


जनवरीमा भएको यस्तै एक घटनामा अफगानिस्तानको राजधानी काबुलमा विस्फोटक पदार्थले भरिएको एम्बुलेन्स विस्फोट गराउादा १ सइ भन्दाबढी सर्वसाधारण मारिएका थिए । उक्त बम हमलाको जिम्मेवारी तालिबानले लिएको थियो ।


प्रकाशित : भाद्र २७, २०७५ २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?