१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जेल अस्वीकार, जरिवाना स्वीकार

एएफपी

लन्डन — विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक हयुगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गरेका छन् । लन्डनको मध्यभागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उनलाई जेल सजाय तोकिएकोमा अस्वीकार गरेका हुन् ।

जेल अस्वीकार, जरिवाना स्वीकार

लोरिसले जेल सजाय अस्वीकार गरे पनि २० महिना सवारी सञ्चालनमा प्रतिबन्ध र ६५ हजार डलर जरिवानाका लागि भने सहमत भएका छन् ।


‘गत जुलाई १५ तारिखका दिन उनी विश्वकै सबैभन्दा गौरवपूर्ण व्यक्ति बनेका थिए, उनकै नेतृत्वमा फ्रान्सले रूसको मस्कोमा विश्वकपको उपाधि प्राप्त गरेको थियो,’ वकिल डेभिड सोनले भने ।
उक्त उपाधि पाएको करिब दुई महिनामा उनी लन्डनको मध्यभागमा पक्राउ परेका छन् । ती वकिलले थपे, ‘उनले अदालतमा क्षमायाचना गरेका छन् ।’


लोरिसलाई फ्रान्समा अत्यधिक सम्मान गरिन्छ । डेली मेल पत्रिकाका अनुसार लोरिसले मादक पदार्थ सेवन गरेको प्रहरीको विवरणमा देखिएको छ । बेलायतमा ३५ माइक्रोग्रामभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था छ ।

प्रकाशित : भाद्र २८, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?