कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कंग्रेस असफल प्रतिपक्ष : मोदी

एजेन्सी

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेसको कडा आलोचना गरेका छन् । बिहीबार निकै आक्रामक रूपमा प्रस्तुत भएका मोदीले कंग्रेसले प्रतिपक्षी दलका रूपमा राम्रो भूमिका निर्वाह नगरेको आरोप लगाए ।

कंग्रेस असफल प्रतिपक्ष : मोदी

भारतीय जनता पार्टी (भाजपा) कार्यकर्तालाई बिहीबार सम्बोधन गर्दै उनले विगत ४ वर्ष प्रतिपक्षको भूमिकामा कंग्रेस अयोग्य भएको दाबी गरे । मोदीले कंग्रेसले आफ्नो कार्यकालमा राम्रा काम गर्न नसकेको बताए । उनले भने, ‘त्यसकारण अहिले भइरहेका राम्रा कामको पनि अनावश्यक आलोचना गरिरहेको छ ।’


भारतका राजनीतिक प्रतिस्पर्धी दलहरू भाजपा र भारतीय कंग्रेसका नेताहरू हालैका दिन एकअर्काप्रति आक्रामक हुने गरेका छन् ।

प्रकाशित : भाद्र २९, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?