आँधीले अमेरिकामा ५ को मृत्यु

रोयटर्स

वासिङ्टन — अमेरिकाको पूर्वी तटीय क्षेत्रमा शुक्रबारदेखि क्रियाशिल आँधीका कारण कम्तीमा ५ जनाको मृत्यु भएको छ । विनाशकारी बाढीका कारण क्यारोलिना क्षेत्रका संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरूले जनाएका छन् ।

आँधीले अमेरिकामा ५ को मृत्यु

‘फ्लोरेन्स’ आँधीका कारण कम्तीमा उक्त क्षेत्रका १७ लाख मानिसलाई अन्यत्र सर्न चेतावनी दिइएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अधिकारीहरूले आँधीको गति १५० बाट ६५ मा घटेकाले थप क्षति नहुने जनाए ।

हालसम्म करिब ३० हजार मानिसलाई अस्थाई शिविरमा राखिएको छ । गत शुक्रबारदेखि उत्तरी क्यारोलिनाको राइट्सभिलेबाट शुरु भएको आँधीलाई शनिबार नेशनल हरिकेन सेन्टरले खतरामा सूचीकृत गरेको थियो ।

प्रकाशित : भाद्र ३१, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?