२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

इन्डोनेसियामा पानीजहाज दुर्घटना

एजेन्सी

जाकार्ता — इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा भएको पानीजहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा १ सय २६ यात्रुको भने सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

इन्डोनेसियामा पानीजहाज दुर्घटना

‘केएम फुङका पेर्माटा’ नामक पानीजहाज दक्षिणी पूर्वी सुलवेसीको बाउबाउबाट बनगाईतर्फ गइरहेको बेला मध्यइन्डोनेसियाको सागुमा दुर्घटना भएको हो । यातायात मन्त्रालयका प्रवक्ता बामबाङ इर्भानले पानीजहाजमा आगलागी भएपछि जहाज पल्टिएको जानकारी दिए ।

उद्धारकर्ताले दुर्घटना भएको जहाजलाई शनिबार बिहान बनगाई बन्दगाहमा अवतरण गराएको पनि उनले बताए । इन्डोनेसियामा बेलाबेलामा भइरहने यस्ता पानीजहाज दुर्घटनामा परी बर्सेनि सयौंको मृत्यु हुने गरेको छ ।

प्रकाशित : भाद्र ३१, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?